‘मारक्यु’ मार्च १ मा यूकेमा प्रदर्शन हुने

SHARE:

लन्डन । गुरुङ संस्कार संस्कृतिमा आधारित गुरुङ भाषाको चलचित्र मारक्यु (सुनपानी) मार्च १ तारिखमा यूकेमा प्रदर्शन हुने भएको छ ।

क्लाइमेक्स आर्ट्स प्रोडक्सन प्रा.लि. को ब्यानरमा निर्माण भएको सो चलचित्र चर्चित लोकदोहोरी गायिका बिष्णुमाया गुरुङ र प्रकाश गुरुङको प्रत्यक्ष दोहोरी गीत र म्युजिक भिडियोसँगै प्रदर्शन गरिने भएको हो । चलचित्र प्रदर्शनबाट संकलन हुने रकममध्ये ५० प्रतिशत नेपाल तेक्वान्दो एसोसिएसनको आयोजनामा पोखरामा हुन लागेको ‘भिजिट नेपाल २०२० थर्ड माउन्ट एभरेस्ट इन्टरनेसनल वल्र्ड तेक्वान्दो च्याम्पियनसीप २०२०’ मा सहभागी हुन बेलायतबाट नेपाल जाने खेलाडीहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

चलचित्र प्रदर्शनमा १८ वर्ष उमेरमुनिका ६५ वर्ष माथिकालाई टिकटमा ५० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । चलचित्र ओरिजिनल गुरुङ भाषाको भए तापनि नेपाली भाषामा कपि गरिएको डबिङ यूकेमा देखाइने निर्माता नवराज घलेले जानकारी दिए ।

सो चलचित्र यसअघि काठमाडौं, लमजुङ, खैरेनी, हङकङ, पोखरामा प्रदर्शन भइसकेको छ । मारक्यु (सुनपानी) जसले गुरुङ समाजभित्रको संस्कारलाई उजागर गरेको छ ।

प्रेमकथामा रहेको चलचित्रमा दिदी भाइबीचको सम्बन्धलाई समाजमा चित्रण गराउँदै कहिले हसाउने कहिले रुवाउँदै जीवनको उकाली–ओरालीको एउटा पारिवारिक चलचित्र हो । एउटा जिम्मेवार दिदीले निभाउनुपर्ने कर्तव्यबाट आफ्नो जीवन बाजी राखेर भाइको उज्वल भविष्यका लागि आफ्नो जीवनका सारा खुसीहरु बिर्सिएको कथा चलचित्रमा छ ।

गुरुङ संस्कार–संस्कृति, भेषभुषा र भाषालाई संरक्षण र प्रवद्र्धनमा यस चलचित्रले ठूलो भूमिका खेल्ने निर्माण पक्षको दाबी छ । ‘आर्थिक फाइदा होला भनेर चलचित्र निर्माणमा लागेका होइनौं, हाम्रो भाषा, संस्कार संस्कृति, भेषभुषा जोगियोस् भनेर लागेको हौं’, निर्माताहरुको भनाइ छ । चन्द्रबहादुर गुरुङ, नवराज घले, सूर्य घले, नन्दबहादुर गुरुङ, कालु गुरुङ, संग्राम गुरुङ, राकेश गुरुङ, दबिराम गुरुङ, केश गुरुङ लगायतको संयुक्त लगानी रहेको मारक्यु चलचित्र पूर्वी लमजुङको दोर्दी गाउँपालिका ५ छैलुङ र वाक्सोरामा छायांकन गरिएको छ । चलचित्र दिनेश गुरुङले निर्देशन गरेका छन् भने सुबास गुरुङ (गणेश) को कथा, पटकथा, संवाद लेखन रहेको छ ।

चलचित्रमा मुख्य भूमिका खुसी गुरुङ, कमल गुरुङ, रोश्नी गुरुङ, संग्राम गुरुङ, गजबहादुर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् भने सुशान्त प्रजापति छायांकन, उज्वल ढकाल सम्पादन, पाश्र्व संगीत धनबहादुर गुरुङ, शैलेश श्रेष्ठ, कलर सन्तोष मालाकार, साउन्ड डिजाइनर मिक्सिङ अमृत श्रेष्ठ, संगीत रामकुमार गुरुङ (आरके), सूर्य घले, रचनाकार सुवास गुरुङ, गायक÷गायिका रामकुमार गुरुङ, जुना गुरुङ, खुसी गुरुङ, मेकअप बिक्रम थापा, नृत्य निर्देशक भरती घलेले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!