कोरोना नियन्त्रणका लागि हिमाली साँस्कृतिक परिवार र तमु साँस्कृतिक प्रतिष्ठानको सहयोग

SHARE:

हुम तमु

पोखरा, १४ बैशाख

विश्वमा फैलिएको महाव्याधि कोभिड १९ कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि हिमाली साँस्कृतिक परिवार र तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सहयोग गरेको छ। हिमाली साँस्कृतिक परिवारले २० हजार एक रुपैया र तमु साँस्कृतिक प्रतिष्ठान नेपालले १० हजार रुपैया सहयोग गरेको हो।

पोखा ९ पुरानो बसपार्कमा कार्यालय रहेको नेपाली मौलिक लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशील हिमाली साँस्कृतिक परिवारले गण्डकी प्रदेश सरकारलाई १० हजार र पोखरा महानगरपालिकालाई १० हजार एक रुपैया गरी २० हजार एक रुपैया हस्तान्तरण गरिएको हो। लोक संस्कृति संरक्षणमा जुटिरहेको स्वयंसेवी संस्था हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० हजार रुपैयाको चेक सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो। उक्त अवसरमा मुख्यमन्त्री गुरुङले संकटको बेला सहयोगका निम्ती धन्यवाद व्यक्त गर्नुभयो भने अध्यक्ष गुरुङले कोरोना भाइरसको संकटमा सानो सहयोगसहित प्रदेश सरकारसँगै सहकार्यका लागि सहभागीता जनाएको बताउनुभयो।

यसरी नै हिमाली साँस्कृतिक परिवारले पोखरा महानगरपालिका विपद व्यवस्थापन कोषमा आज नै १० हजार एक रुपैया हस्तान्तरण गरेको छ। पोखरा महानगर कार्यालय परिसरमा आयोजित कार्यक्रममा परिवारका अध्यक्ष मेनकाजी गुरुङले महानगर प्रमुख मानबहादुर जिसीलाई कोरोना नियन्त्रणका लागि उक्त चेक हस्तान्तरण गर्नुभएको थियो।

यसै गरी पोखरा ११ रानीपौवामा कार्यालय रहेको, उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा १० हजार रुपैया सहयोग गरेको छ। कोरोनाको महामारी रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा प्रदेस सरकारलाई सघाउन प्रतिष्ठानका तर्फबाट अध्यक्ष चित्रबहादुर गुरुङले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो। सहयोग ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले महामारी विरुद्ध सहयोगको हात फैलाएकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष गुरुङले विश्व नै महामारीको संकटको बेला संस्थागत सामाजिक उत्तरदायित्व महसुस गरी सहयोगमा जुटेको बताउनुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!