नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३, घलेगाउँ निवासी विष्णु तामाङ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेका छन् । कलेजो तथा सानो आन्द्रासम्बन्धी जटिल रोगबाट पीडित तामाङ हाल काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचार गराइरहेका छन्।
परिवारका अनुसार तामाङको उपचार खर्च जुटाउन सुरुमा आफ्नै नाममा रहेको जग्गा धितो राखिएको थियो । तर पछिल्लो समय उपचार खर्च निरन्तर बढ्दै जाँदा परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएको छ । आवश्यक रकम अभावका कारण उपचारलाई निरन्तरता दिन कठिनाइ भइरहेको पत्नी शर्मिला तामाङले बताएकि छन् ।
यसैबीच, स्थानीय समाजसेवीहरू गङ्गा तामाङ, सुस्मा तामाङ, रमेश तामाङ तथा बिरामीका छोरा विजय तामाङको पहलमा “लायन्स क्लब अफ पञ्चकन्या, नुवाकोट”ले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । अभियानमार्फत तामाङको उपचारका लागि आवश्यक रकम जुटाउने लक्ष्य राखिएको छ।
अभियानकर्ताहरूले सबैलाई स्वेच्छिक रूपमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरूले सानो सहयोगले पनि बिरामीको जीवन बचाउन ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । सहयोग पठाउन बिरामी विष्णुका छोरा विजयको बैंक खाता नम्बर दिइएको छ ।
सहयोग अभियानबाट प्राप्त जानकारीअनुसार, हालसम्म
- नुवाकोट जिल्ला पन्चकन्या ३ घलेगाउँ निवासी कर्मभूमि अस्ट्रेलिया बस्नुहुने सामाजिक ब्यक्तित्व छिरिङ तामाङबाट ८८८८/-(आठ हजार आठ सय अठासी रुपैयाँ )
- नुवाकोट जिल्ला पन्चकन्या ०३ घलेगाउँ निवासी भञ्ज्याङ घरको बुहारी सामाजिक व्यक्तित्व आरती वाइबाबाट ५१००/-(पाँच हजार एक सय रुपैयाँ)
- नुवाकोट पन्चकन्या ३ घलेगाउँ निवासी सामाजिक व्यक्तित्व गङ्गा तामाङबाट ३०००/-(तीन हजार रुपैयाँ)
- नुवाकोट पन्चकन्या ३ कात्तिके निवासी सामाजिक व्यक्तित्व लायन्स क्लब अफ पन्चकन्याका अध्यक्ष रमेश तामाङ र राष्ट्रिय मावि कविलासमा कार्यरत रमा तामाङबाट वैवाहिक वर्षगाँठको अवसरमा ३००० (तीन हजार रुपैयाँ)
- नुवाकोट जिल्ला पन्चकन्या ०३ घलेगाउँ निवासी कर्मभूमी सर्बिया बस्नुहुने सामाजिक ब्यक्तित्व दुर्गाबहादुर तामाङबाट रु २०२०/-(दुई हजार बिस रुपैयाँ)
- नुवाकोट पन्चकन्या ३ घलेगाउँ निवासी सामाजिक व्यक्तित्व वाईसीएल नेपाल नुवाकोटका सचिव सुरेन्द्र लामाबाट २०१०/-(दुई हजार दश रुपैयाँ)
- नुवाकोट जिल्ला पन्चकन्या ०३ घलेगाउँ निवासी सरोज तामाङ र मनिशा तामाङकी छोरी कृस्टिना तामाङबाट २०००/-(दुई हजार रुपैयाँ )
- नुवाकोट जिल्ला ककनी ३ चाउथे निवासी ककनी गाउँसभा सदस्य मान बहादुर तामाङ बाट निजको श्रीमती पुर्ब लडाकु कबिता तामाङको जन्म दिनको अवसरमा २०००/-(दुई हजार रुपैयाँ )
- नुवाकोट पन्चकन्या ३ घलेगाउँ निवासी सामाजिक व्यक्तित्व एनआईसी बैंकमा कार्यरत टेक ब्लोन तामाङ १५१५/-(एक हजार पाच सय पन्ध्र रुपैयाँ)
- नुवाकोट पन्चकन्या ३ घलेगाउँ माइतीघर शिवपुरी १ निवासी सामाजिक व्यक्तित्व सुजिता तामाङबाट १५००/-(एक हजार पाँच सय रुपैयाँ)
- नुवाकोट जिल्ला सुर्यगढी ०१ सोलमाने निवासी अविरल ग्लानबाट १०००/-(एक हजार रुपैयाँ )
- काठमाडौ तार्केश्वर मनमैजु निवासी सामाजिक व्यक्तित्व कल्पना केसीबाट १०००/-(एक हजार रुपैयाँ)
- पन्चकन्या ३ घलेगाउँ निवासी सामाजिक व्यक्तित्व पन्चकन्या गाउँपालिकामा कार्यरत एलेक्स तामाङ (दिपक ) बाट २२२२//-(दुई हजार दुई सय
बाइस रुपैयाँ ) - पन्चकन्या ३ घलेगाउँ निवासी सामाजिक व्यक्तित्व नेपाली कम्युनिस्ट पार्टिका सङ्गठित सदस्य रामबहादुर तामाङबाट १५००//-(एक हजार पाँच रुपैयाँ)






