
केशव गर्बुजा
मराङ, म्याग्दी ।
म्याग्दी जिल्लामा मगर जातीहरुको बसोबास करिब ४२% रहेको छ। मगर जाती अन्तर्गत विभिन्न (गर्बुजा, पुन, रोका, शेरपुन्जा, पुर्जा, पाइजा, फगामी राना, जुग्जाली लगायत अन्य) थरहरु रहेका छन । ती विभिन्न थरहरु मध्ये म्याग्दीको मराङ, मुदी, बिम, कुहु मुना दर लगायतको ठाउहरुमा बसोबास गर्ने गर्बुजा मगरहरुको उद्घम स्थल म्याग्दीको दग्नामबाट भएको पाईन्छ । करिब वि.सं १८३७ तिर म्याग्दीको रघुगंगा गाउपालिका दग्नामबाट बत्ता नाम गरेका एक गर्बुजा मराङमा बसोबास गर्ने सुवेदीको घरमा काम गर्न आएको र उनि यतै बसेपछि उनका छोरा-नाति तथा पछिल्लो पुस्ता गर्बुजाहरु मराङबाट अन्य ठाउमा बसोबास गर्न गएको पाईन्छ । दग्नामबाट मराङ आएपछि अहिलेसम्म १० पुस्ता पुगेको देखिन्छ ।मराङ आएका ती गर्बुजाको ४ भाइ छोराहरु भएका थिए। ती चार भाइहरु बोमे गर्बुजा (भैसि गोठ्ला), डल्ले गर्बुजा (गाई गोठ्ला), मने गर्बुजा(भेडा गोठ्ला) र काले गर्बुजा (घरधन्दा गर्ने) हुन।अहिले बुझ्दै र खोज्दै जादा घरधन्दा गर्ने गौ प्रसाद गर्बुजाको एक जिजु मुदी गएर बसेको र उनिहरुको ७ पुस्ता पुगेको देखिन्छ। भेडा गोठ्ला खड्गचन गर्बुजाको एक जिजु म्याग्दीको बिम गएर बसेको र त्यहा पनि उनिहरुको ७ पुस्ता पुगिसकेको देखिन्छ।यस्तै भैसि गोठ्ला पट्टिको बासे गर्बुजाको एक बाउको छोरा म्याग्दी मुना दर र बासे गर्बुजाको छोरा या नाति म्याग्दी बिमको धुनोटमा बसोबास गरेका छन।
गाई गोठ्ला म्याग्दीको कुहुमा गएर बसेका छन ।र मराङमा गाइ गोठ्ला भाइतिरको गर्बुजाहरु बाहेक अन्य गर्बुजा (भैसि गोठ्ला, भेडा गोठ्ला र घरधन्दा गर्ने भाइ) हरुको बसोबास रहेको छ।गर्बुजाहरुको चलन अनुसार ३-३ वर्षको अन्तरमा कुल पुजा हने गर्छ ।कुलपुजामा ४ भाइ( भैसि गोठ्ला, गाई गोठ्ला, भेडा गोठ्ला र घरधन्दा गर्ने ) अन्तर्गत पर्ने गर्बुजाहरुको भेला हुने भए पनि मुदि र कुहु गएका गर्बुजाहरुको गएदेखि आजसम्म कुनै पनि कुलपुजामा उपस्थित भएका छैनन् । त्यसैले मराङ, बिम, ताकम र दर तिरका गर्बुजाहरु एकै ठाउमा कुल पुजा गर्दै आएका छन। कुल पुजा गर्बुजाहरुको जेठो दम्पति (श्रीमान र श्रीमती) भएकाे घरमा गर्दै आएका छौ। कुलपुजा गर्दा दम्पती जिवित हुनु पर्छ तर कुनै एक जेठो श्रीमान वा श्रीमती जिवित भएको घरमा कुलपुजा नहुने गर्बुजाहरुको नियम छ। २०७२ सालमा बिम इल्पुमा भएको कुल पुजामा १०५ घर गर्बुजा सहभागी भएका थिए। अन्तिम पटक २०७५ सालमा मराङ अर्बाङ बस्ने लाल बहादुर गर्बुजाको घरमा कुल पुजा भएको थियो। गर्बुजाहरुको कुलपुजामा ९९(मराङ ५७, बिम ३४, ताकम ५ र दरबाङ लामेला ३ ) घर सहभागी भएका थिए। तर ४ भाइ (भैसि गोठ्ला, भेडा गोठ्ला,भेडा गोठ्ला र घरधन्दा गर्ने) हरु बाहेकका बिम इल्पुलर ताकममा बसोबास गर्ने करिब १२ घर गर्बुजाहरु पनि हामीले गर्ने कुल पुजामा सहभागी छन। वि स २०७५ सालमा भएको कुलपुजा अब २०७८ सालमा हुनेछ ।
अहिलेसम्म गर्बुजाहरुको कुल पुजा व्यक्तिको घरमा हुने गर्दथ्यो। यसरी व्यक्तिको घरमा गर्नुभन्दा कुनै एक ठाउँमा भेला भएर गरौ भन्ने सबै गर्बुजाहरुको मनसाय भएको कारणले उचित र सेन्तर स्थान खोज्नको लागि सबै सहमत भए । त्यसैले २०७५ सालमा लाल बहादुर गर्बुजाको घरमा भएको कुलपुजामा सहभागी गर्बुजाहरुको सल्लाह तथा छलफलले एक सेन्टर र उचित स्थान तयार गर्न ताकमका क्याप्टेन ज्ञान बहादुर गर्बुजाको अध्यक्षतामा एक समिति निर्माण गरियो। गर्बुजाहरुले कुल पुजा गर्नकाे लागि बिमको नरलेमा रग प्रसाद गर्बुजा अनि मराङको बेशिमा एकै घरको दाजुभाइ(जग बहादुर गर्बुजा, खिम बहादुर गर्बुजा र बल बहादुर गर्बुजा) बाट एकै ठाउँमा भएको जग्गा स्वच्छिक दिए। यसरी केही गर्बुजाहरुले बिमको नरले र केही गर्बुजाहरुले मराङको बेशिमा गर्बुजाहरुको कुलपुजा गर्नुपर्ने भन्दै अाएका थिए । यि २ ठाउ मध्य कुनै एक ठाउँमा गर्ने भनेर सबै गर्बुजाहरुको छलफल र निर्णय अावश्यक थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै वि स २०७६ पुस १९ गते मराङको बेशिमा बसेको सबै गर्बुजाहरुको बैठकले मराङको वेशिमा गर्ने निर्णय भयो। उक्त निर्णय अनुसार २०७७ वैशाख ६ गते बेशिमा प्राप्त जग्गा सम्माइएको छ । तर पनि यो निर्णयमा केही गर्बुजाहरुले मन दुखाएको पाइएको छ । पोखरा काठमाडौ लगायत अन्य स्थानको गर्बुजाहरुको लागि नरले भन्दा बेशि टाढा र उचित स्थान नभएको भन्दै मन दुखाइएको पाइएको छ । मराङमा धेरै गर्बुजा भाइहरुको बसोबास भएको, उचित र सेन्टर स्थान भएको र भेलामा सबै गर्बुजाहरुको सर्व सहमतिले बेशिमा कुलपुजा गर्ने निर्णय गरिएको थियो छ |






