फुलमती

SHARE:

दुत पुन (चिम्खोले काइँला)

बेलायतको हिउँद, लामो र चिसो अँधेरी रात । फुलमती चाँडै ओछ्यानमा गए पनि निदाउन सकेकी छैनन् । उनका चार लालाबाला भुस निद्रामा छन् । फुलमतीले निदाउने हरप्रयास गरिन् । तर, आँखामा निद्रा लाग्ने सुरसार छैन । यता कोल्टे फेर्छिन्, उता कोल्टे फेर्छिन् । अहँ मनमा नानाथरिका कुरा खेलिरहन्छ । आफ्ना जीवनमा घटेका सबै घटना सम्झिसके, तैपनि फुलमतीका आँखा जागै छन् ।

फुलमती आजभन्दा आठ वर्षअघि श्रीमान् गर्जमान र दुई स–साना लालाबालासाथ बेलायत आएकी थिइन् । बेलायतमा पनि दुई सन्तान थपिए । तर, चार छोराछोरीलाई फुलमतीको जिम्मामा छाडेर चार वर्षअघि गर्जमानले महायात्रा तय गरे । श्रीमान्को निधनसँगै पाउँदै आएको वृद्धभत्ता पनि सरकारले बन्द गरिदिएको छ । त्यतिमात्र होइन, सरकार परिवर्तनसँगै अन्य सुविधा र भत्तामा पनि कटौती भएको छ । चार लालाबालाको स्कुल फिस निःशुल्क भए पनि उनीहरूको पालनपोषण फुलमतीका लागि निकै गाह्रो छ । उनीसँग सरकारले दिने भत्ताबाहेक अरू आम्दानी पनि त छैन । भत्ता यति थोरै छ कि चारजना छोराछोरी र आफ्नो खाना खर्च पनि पुग्न धौ–धौ हुन्छ । उनले सहयोगका लागि स्थानीय निकायमा निवेदन नदिएकी पनि होइनन् । तर, उल्टै काम खोजेर घरपरिवार चलाउनका लागि स्रोत जुटाउनु भन्ने सल्लाह पो पाइन् । तर, फुलमतीका लागि अंग्रेजी भाषा एउटा अजंगको अवरोध भएर आएको छ । कहीं कतै काम पाइहालेछ भने पनि बच्चाहरूलाई स्कुल लैजाने र ल्याउने कामले समय मिलाउनै सक्दिनन् । फुलमतीलाई बेलायत आउँदा स्वर्ग आएजस्तो लागेको थियो । तर, हिजोआज यिनै समस्याका कारणले नर्कजस्तो लाग्न थालेको छ ।

गर्जमान, ब्रिटिस आर्मीको अवकाशप्राप्त लाहुरे । ब्रिटिस आर्मीबाट अवकाश हुनेबेला उनले प्रशस्तै सुन, चाँदी र नगद जम्मा गरेका थिए । श्रीमती जुनमती र परिवारसँगै उनको गाउँको बसाइ शानदार थियो । सोह्र वर्षकै उमेरमा गर्जमानसँग विवाह बन्धनमा बाँधिएकी श्रीमती जुनमती श्रीमान्सँगै मलाया, सिंगापुर, हङकङमा लामो समय बसेकी थिइन् । गाउँमा गर्जमान साहु भनेपछि छुट्टै रवाफ थियो । एक दिन जोइपोइ नै घोडा चढेर गाउँ घुम्दै गरेका बेला जुनमती घोडाबाट लडिन् । उनी चोटबाट तंग्रिन सकिनन्, स्वर्गे भयो । गर्जमान प्राणप्यारी श्रीमतीको मृत्युको गहिरो शोकमा परे । जुनमतीको मृत्युपछि इष्टमित्रले गर्जमानलाई छोराछोरीको रेखदेख र धनसम्पत्ति स्याहार्नका लागि पनि बिहे गर्नुपर्ने सुझाए । इष्टमित्रको सल्लाहमै गर्जमानले माइली साली सुनमतीलाई बिहे गरे । सुनमतीले दिदीका छोराछोरीलाई आफ्नैजस्तो गरी हुर्काइन् । गर्जमानलाई पनि दिदीले जत्तिकै माया दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!