प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन हुन्छ, औचित्यका आधारमा गर्छौं’

SHARE:

प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनीय दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताएका छन् ।
संसद्मा सरकारको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाका जवाफ दिनेक्रममा ओलीले संविधान संशोधन हुँदैन भनेर चर्चा गरिएको भन्दै आपत्ति जनाउँदै आवश्यकता र औचित्यका आधारमा संशोधन हुन सक्ने प्रस्ट पारे । उनले संविधान समृद्धि, विकास, जनताको आकांक्षा पूरा गर्न संशोधन हुनेमा जोड दिए । केही मधेस केन्द्रित दलहरुले आपसी छलफलबाट टुंगाउने विषयलाई अनावश्यक ढंगबाट र भावनात्मक ढंगले उचालेको उनको आरोप थियो ।


‘समस्या देखाउने होइन, समाधान गर्ने हो । समस्या समाधान गर्न सरकार तयार छ’ प्रधानमन्त्री ओलीले भने, ‘समान अधिकार, समान अवसर, उत्तिकै सुरक्षा र सबैलाई बराबर अवसर दिलाउँछौं ।’ उनले यो सरकारले पनि असमानता, अन्याय, भेद्भाव मान्दैन र रहन नदिने प्रतिबद्धता पनि जनाए । पछाडि परेका क्षेत्र, समुदाय, वर्गलाई अगाडि ल्याउन विशेष नीति, योजना, कार्यक्रमसहित सरकार अगाडि बढ्ने बताउँदै उनले त्यो कुरा संविधान र कानुनमा उल्लेख भने । सविधानअनुसार नबनेका कानुन बनाउँछौं, अब नबनेका कुरालाई अगाडि बढाउने बताए ।
नीति तथा कार्यक्रममा छलफल हुँदा मधेस केन्द्रित दलका नेताहरुले आफूहरुको माग पूरा गर्न संविधान संशोधनको विषय उल्लेख नगरिएको भन्दै प्रश्न उठाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!