लन्डन ७ भदौ । बेलायत निवासी गीतकार सेमन्त राईका ‘हाम्रो संखुवासभा’ गीति भिडियो सार्वजनिक भएको छ ।
पूर्वेली लोकभाकामा आधारित भिडियो स्वयम् गीतकारकै युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायिका रिता राईले स्वर भरेकी छन् । कुशल बाँसुरी बादकका रुपमा चिनिने सेमन्तले यो गीत एउटा देशप्रेमी र आफ्नो जन्मभूमिप्रतिको अगाध मायामा समर्पित भएर लेखेका छन् ।
भिडियोमा डी.वी. कुलुङले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन मनोज साङ्सोन राईको रहेको छ । त्यस्तैगरी रेकर्डिष्टमा सुरेश राई, मिक्सिङ र मास्टरिङमा राजु कार्की रहेका छन् भने रेकर्ड स्टुडियो किङ र जस्केलो क्रियशनमा तयार पारिएको हो ।






