पाःलाममा याक्थुङ लाजेकी रोलमोडल : सुनिता लाबुङ

SHARE:

उहिले याक्थुङ लाजेका सातरात सातदिन धाननाच्ने युवायुवतीहरुको समाजमा प्रतिष्ठा उच्च हुन्थ्यो । घरमा तान थापेर खाँडी र रेलीको परम्परागत विभिन्‍न कपडा बुन्ने कला, खेतीपाती गर्ने युवतीहरु र डोको, थुन्से, चेप, मान्द्रो बुन्ने सीप, नुनको भारी बोक्ने युवाहरु कुटुम्वाको पहिलो रोजाइँमा पर्थे । एकात्मकवादी राज्यले लादेको एकतर्फी नीति र आधुनिक शिक्षाले हाम्रा कला संस्कृति, परम्परमगत पेशा र सीपहरु विस्तारै हराउन थाले । फलस्वरुप धान नाध्ने केटाकेटीहरु लिम्बू समाजमा काम नलाग्ने ठहरिए । बोर्डिङ पढ्ने छोरा लाहुरे र छोरीलाई नर्स बनाएर लाहेुरेलाई भिडाउने संस्कतिका कारण पालाम, हाक्पारे, ख्यालीजस्ता याक्थुङ राष्ट्र निर्माणका आधारहरु विस्तारै मेटिन थाले ।

विगत तीन दशकयता हङकङ यूके वा सहरका पहुँचवालाहरुको वरीपरी स्टेज, क्यासेट, सिडी, भिडियोमा सीमित रह्यो पालाम । खाँटी पालाम गाउन सक्ने र जान्ने प्रतिभाहरु अवसरको अभावले लिम्बुवानका दूरदराजमा थन्केर बसेका थिए । याक्थुङ कल्चरल ग्रुपकले अयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय अनलाइन पालाम गायन प्रतियोगितामा तमोर खोलाकी सुनिता केदेम लाबुङ ३५२ प्रतियागीहरुलाई पछि पार्दै प्रथम भइन् । हामीले धेरै प्रतियोगीहरुबाट गाउँघरको निक्खर पालाम सुन्न पायौं । आम लिम्बूहरुले कहिल्यै नदेखेका सामन्य गाउँले सुनिताको स्वर मात्रै नभई हाक्पारे, ताम्के, ख्यालीजस्ता बहुआयमिक कला र याक्थुङ जनजीवनका सुसंस्कारी तत्वहरुको खानी भएको पाइयो । पालाममा प्रथम भएर उनले पुरस्कारस्वरुप ५० हजार नगद र आयोजक कमिटीबाट एउटा पालाम रेकर्ड गर्ने अवसर पाएकी छिन । जिल्ला र जिल्ला बाहिरका थुप्रै संघसंस्था र व्यक्तिबाट बधाई दिने र सम्मान गर्नेहरुको ओइरो लागेको छ ।

तमोरखेला सांथाक्रा येक्कूका पूर्णबहादुर केदेम्वा र मैतरानी पालुङगाका तीन छोरा र तीन छोरी गरी छैटौं सन्तान सुनिता कान्छी भएर पनि जिरे खुर्सानी भएर जन्मिन् । विवाहपछि हाङदेवा उनको कर्मथलो बन्थ्यो । दुई छोरा र एक छोरीकी आमा भइसकेकी सुनितालाई पालाममा निरन्तर अगाडि बढ्न श्रीमान केबी किरातको साथ र सहयोग रह्यो । उनले प्रगियोगितामा गाएका पालाम संकलनमा श्रीमानको ठूलो सहयोग रहेको छ ।
सुनिताको लागि कला र सांस्कृतिक ज्ञानको मुहान आमाबाबु बनिदियो । उनको बाबाआमा, दाजुदिदी परिवारका सबै गाउछन् । आमा खूव पालम गाउने । कुखुरा धपाउँदा, बाख्रा चराउँदा, घाँस दाउरा, खेतला गोठला जाँदा उनको जीवन पालाममय बन्यो ।

विपन्न परिवारका आमाबाबुले राम्रो खान लाउन र पढाउन नसके पनि आफूलाई कुनै गुनासो नभएको तर उहाँहरुले आफ्ना पुर्खाले दिएको समृद्ध याक्थुङ कला, संस्कृति र संस्कार सिकाएर सुसंस्कृति बनाएकोमा गर्व लागेको सुनिताको भनाइ छ । उनको लागि यो धन सम्पति र शिक्षाभन्दा धेरै माथि रहेको स्वीकारोक्तिले याक्थुङ कला, संस्कृति र सभ्यताको गरिमालाई थप उचाई दियो । नभन्दै निम्न माध्यमिक तहको औपचारिक शिक्षा पार नगरेकी सुनिता आज याक्थुङ कला र संस्कृतिमा आफै महाविद्यालय भएर उदाइन् ।

ताप्लेजुङ जिल्लाव्यापी विभिन्‍न प्रतियोगिताहरुमा पालाममा दुईपटक प्रथम, ख्याली, ताम्के र हाक्पारेमा एक एक पटक प्रथम भएकी सुनिता फक्ताङलुङ सिजन २ को दोश्रो चरणभन्दा माथि जान सकिनन् । आफ्नो कला संस्कृतिमा कहिले नथाक्ने उनले प्रथम अन्तर्राष्ट्रिय अनलाइन पालाम गायन प्रतियोगितामा सबैको मन जितिन् । “आफ्नो सफलताको स्रोत भनेकै सामाजिक सञ्जालमा आमदर्शकले गरेको लाईक, कमेन्ट, शेयर र निर्णायक मण्डलमा विश्वास” गरेकी सुनिताको दावी वास्तिविकतासँग कहीँकतै मेल खादैन । सफलताको प्रमुख आधार भनेकै लिम्बुवानमा जन्मेर त्यहाँको माटो याक्थुङ कला संस्कृति र उनको घर परिवार, समाजबाट प्राप्त विरासत थियो ।

आमालाई रोल मोडल मानेकी सुनिता केदेम लाबुङले सिंगो याक्थुङ लाजे र बिश्वभर रहेका लिम्बूहरुको चोत्लुङ फक्ताङलुङभन्दा माथि उठाएर आफै रोलमोडल भइन् ।

प्रस्तुति : कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!