नेपालको भोटे जातिको विवाह तथा मृत्यु संस्कार

SHARE:

गुरुङ रामप्रकाश समथिङ

नेपालको राष्ट्रिय जनगणना २०४८ अनुसार भोटे जातिको जनसंख्या महिला ६ हजार ४ सय १८ र पुरुष ६ हजार ४५ जना गरी जम्मा १२ हजार ४ सय ६३ जना रहेका छन् । २०५८ सालको राष्टिय जनगणना अनुसार जम्मा १९ हजार २ सय ६१ जना मात्र थियो । यसको अनुपातमा २०६८ सालको राष्ट्रिय जनगणना अनुसार अझ धेरैले बृद्धि भएको हुनु पर्दछ ।

बौद्ध धर्म मान्ने भोटे जातिको मुख्य बासस्थानको रुपमा बाजुरा, हुम्ला, डोल्पा, सुर्खेत, मुगु, मुस्ताङ, मनाङ, कास्की र तनहँु जिल्ला हो । तर वर्तमान समयमा यी क्षेत्रहरु बाहेक अन्य जिल्लाहरुमा पनि बसोबास रहेको पाइन्छ । भोटे जातिमा पनि जातीय विभेद रहेको देखिन्छ । उनीहरुमा माथिल्लो र तल्लो जात भन्ने परम्परा ऐलेसम्म कायमै रहेको पाइन्छ । भोटे जातिमा लामा, व्यापारी र चौरी पाल्ने पेशामा लागेकाहरु आफूलाई माथिल्लो जातका ठान्दछ । त्यस्तै जनावर मारी विक्री गर्ने बगरे, आरन थापी भाँडा पिट्ने लोहार र सुनारलाई तल्लो जातको मान्ने गर्दछ । तर जातमा आफूले आपैmलाई ठूलो सानो मानेता पनि धर्म संस्कार गर्दा लामाद्धारा नै सम्पन्न गर्ने गर्दछ ।

सायद विश्वमा बसोबास गर्ने कुनै पनि जातिमा यस्तो विवाह गर्ने चलन छैन होला । नेपालको कानूनले पनि एक जना पुरुषले विवाह पश्चात अर्को महिला पुनः बिहे गरेमा पहिलो श्रीमतीले उजुरी गरेमा बहुविवाहको कानून अनुसार कारबाही हुन्छ । तर नेपालकै भोटे जातिमा एक जना केटा मान्छेले (जो घरमा भएको दाजुभाइहरु मध्येको जेठो) एउटा बिहे गरेर ल्याएकी केटी त्यो घरमा भएको सबैको साझा श्रीमती हुने परम्परागत संस्कारलाई ऐलेसम्म भोटे जातिले कायम राखेको छ । जसलाई बुहपति प्रथा भन्ने गर्दछ । त्यहाँ कानूनी रुपमा बहुविवाह जस्तो बहुपति प्रथालाई कानूनले केही कारबाही गरेको देखिन्न । भोटे जातिमा केटा र केटी मन परापर भएपछि विधि पूर्वक नै विवाह गर्ने गर्दछ । कतै–कतै भने सानै उमेरमा पनि विवाह गरिदिने गरेको पाइन्छ । आर्थिक रुपमा कमजोर भएको शेर्पा जाति । भोटे जातिको स्वामित्वमा जग्गा जमिन कम भएकोले व्यक्ति पिच्छे नै बिहे गर्दा घर धेरै बनाउनु पर्ने । भान्सा पनि अलग–अलग थपिने । सन्तानहरु धेरै हुने भएकोले उनीहरुले घरमा एक जना भएपछि सबैलाई हुन्छ भन्ने मान्यताका कारण बहुपति प्रथालाई कायम राखेका भन्ने भनाइहरु पाइन्छ । तर वर्तमान समयमा यो बहुपति प्रथा न्यून हुदै गएको देखिन्छ ।

सायद नेपालमा बसोबास गर्ने जातिहरु मध्ये सबै भन्दा अनौठो मृत्यु संस्कार होला भोटे जातिमा । भोटे जातिमा जन्मदेखि मृत्युसम्मको सम्पूर्ण संस्कार आफनै जातको लामाद्धारा र्दछ । भोटे जाति बौद्ध धर्म मान्ने भएकोले पनि होला लामाले गरेको निर्णयलाई अन्तिम मान्ने गर्दछ । प्राय सबै जातिहरुले मानिस मरेपछि गाड्ने वा जलाउने गर्दछ । तर भोटे जातिमा मानिसको मृत्यु भइसकेपछि लामाले मृतकको लासलाई गाड्ने, जलाउने वा टुक्रा–टुक्रा पारेर गिद्ध वा चिललाई ख्वाउने कुन विधिबाट गर्दा ठिक हुन्छ त्यही निर्णय अनुसार गर्दछ । भोटे जातिमा लासलाई टुक्रा–टुक्रा पारे गिद्ध वा चिललाई ख्वाइन्छ भन्दा अरु जातिका मान्छेहरुलाई अनौठो लाग्नु कुनै नौलो कुरा हैन । भोटे जातिमा लामाको निर्णय अन्तिम हुने भएकोले लामाको निर्णय अनुसारको प्रक्रिया अपनाई अन्तिम संस्कार गर्दछ । भोटे जातिमा जुठो बार्ने चलन छैन् ।

तर वर्तमान समयमा हिमाली क्षेत्रमा पनि जलबायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पाइने गिद्धहरु क्रमश लोप हुन थालेपछि बाँकी रहेका गिद्धहरुले टुक्रा–टुक्रा पारिएका लासको मासुहरु खान नसक्ने हुनाले भोटे जातिमा संस्कृतिको जगेर्ना गर्न नै समस्या आउन थालेका देखिन्छ ।

प्रतिक्रियाका लागि : ९८५२६८१५८०
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक दराई जातिबारे लेख प्रकाशन गरिनेछ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!