फुलमती

SHARE:

चिम्खोले काइँला

केही कुरामा कमी हुन दिइनन् । गाउँघरको चाडपर्वमा सुनमती दिदीको गहना लगाउँथिन् । उनी दुरुस्तै जुनमती जस्ती देखिन्थिन् । यसले गर्जमानको बहकिएको मनमा थोरै भए पनि मलमपट्टी लगाउने काम हुन्थ्यो । गर्जमान र सुनमतीको जीवन जसोतसो सुखी खुसीसाथ बित्दैथ्यो । एक दिन घाँस काट्न गएकी सुनमती भीरबाट लडिन् । दोस्रो श्रीमतीको पनि अकालमै मृत्यु भएको खबरले गर्जमानलाई आफूले उभिएको भुइँ भासिएजस्तै लाग्यो, वरिपरिका दृश्य फनफनी घुम्न थाल्यो, अचेत भए ।

दोस्रो श्रीमतीको मृत्युसँगै गर्जमानले मानसिक सन्तुलन गुमायो । हरेक दिन रक्सी पिउन थाल्यो । अब छोराछोरी पनि सबै हुर्केर आ–आफ्नो बाटो लागे । वृद्ध गर्जमानको स्याहारसुसार गर्ने पनि कोही भएनन् । भनिन्छ, ‘जिन्दगी कर्कलोको पातमाथिको पानी हो, जता पनि जान सक्छ ।’ गर्जमानको जिन्दगी पनि त्यस्तै भएको छ । कहाँको एक जमानामा गर्जमान साहुले भोगेको सुखसयलको जिन्दगी, अहिलेको बढ्दै गएको दुःखी जिन्दगी । उनको दुःख देख्न नसकेर इष्टमित्रले फेरि बिहेको सल्लाह दिन्छन् । गर्जमानलाई तेस्रो बिहे गर्ने इच्छा त थिएन तर इष्टमित्रको करकापमा आफ्नै जेठानकी छोरी (भदैनी) फुलमतीलाई तेस्रो श्रीमतीका रूपमा भित्र्याए । फुलमती गर्जमान भन्दा ४५ वर्ष कान्छी थिइन्, तैपनि पटक–पटक बिहे असफल भएकाले माइतमा बसिरहेकी थिइन् । हुन त उनलाई पनि बिहे गर्ने चाह त थिएन । तर, इष्टमित्रले गर्जमानको श्रीसम्पत्ति राम्रो रहेको र उनको मृत्युपछि पेन्सन पनि खान पाइने भनेर लोभ देखाएपछि तयार भएकी थिइन् । उमेरकै कुरा गर्दा फुलमती गर्जमानको छोरीभन्दा पनि दस वर्ष कान्छी थिइन् । उमेर धेरै फरक भएको र पहिलेका श्रीमतीहरू गुमाउनुपरेकाले हुन सक्छ गर्जमानले फुलमतीलाई धेरै माया दिएका छन् । यसखालको माया फुलमतीले पहिलेका श्रीमान्हरूबाट पाउन सकेकी थिइनन् । गर्जमानले श्रीमतीलाई खुसी पार्न आफ्ना भएभरको श्रीसम्पत्ति पनि उनकै नाममा गरिदिए । धनसम्पत्ति धेरै भए पनि बूढो भएकाले फुलमतीलाई शारीरिक सन्तुष्टि मिल्दैन कि भन्ने शंका थियो । तर, त्यो अनुमान पनि बूढाले गलत साबित गरिदिए । ‘जहाँ गाह्रो त्यही बूढा सारो’ भन्ने उखानलाई चरितार्थ गर्दै गर्जमानले आफ्ना अनुभव खन्याए । हरेक रात फुलमतीलाई सुख दिए । यत्तिको सन्तुष्टि फुलमतीले यसअघिका बैंसका लोग्नेहरूबाट पनि पाएका थिएनन् ।

फुलमतीकै अनुरोधमा उनीहरूको दुई सन्तान जन्मिए । गाउँले छक्क परे, ८० वर्षको बूढाले पनि बच्चा जन्माउन सकेकोमा । गाउँलेले धर्तीमा आएको नयाँ जीवनलाई स्वागत त गरे नै गर्जमान र फुलमतीलाई पनि बधाइका साथै सम्मान गरे । यहीबेला देशका विभिन्न क्षेत्रमा, हङकङ, ब्रुनाई र युकेबाट ब्रिटिस आर्मीका भूतपूर्व गोर्खाहरूले पेन्सन र बेलायतमै आवासीय भिसा माग गर्दै आन्दोलन चर्काइरहेका थिए । अन्ततः एक जमानामा कहिल्यै घाम नअस्ताउने मुलुकको परिचय बनाएको बेलायती सरकारले ब्रिटिस आर्मीका भूतपूर्व गोर्खालाई आवासीय भिसाको आवेदन गर्न सकिने जानकारी दिए । गाउँघरमा हल्लीखल्ली हुन थाल्यो, गाउँभरिका ब्रिटिस आर्मीका बलियाबाङ्गा भूपू लाहुरेहरू युकेको आवासीय भिसाको आवेदन दिन काठमाडौं गए । उनीहरू धमाधम भिसा लगाएर युके जान थाले । तर, उमेर धेरै गएका गर्जमानलाई ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात्’ भनेझैं भयो । उनलाई युके जाने इच्छा छैन । तर, उमेरकी फुलमतीलाई भने रहर लागेको छ ।

उनकै करकापमा गर्जमान कागजपत्र मिलाउन कहिले पोखराको ब्रिटिस क्याम्प त कहिले काठमाडौं धाइरहेका छन् । गर्जमानको उमेर धेरै भएकाले उनकी श्रीमती र छोराछोरीको विषयमा शंका–उपशंका उब्जिन्छन् । अन्त्यमा प्रमाण जुटाएपछि उनीहरूको भिसा आवेदन स्वीकार गरिन्छ । भिसा आवेदन दर्ता भएको तीन महिनापछि गर्जमानले स–परिवार बेलायतका लागि आवासीय भिसा पाउँछन् । उनको सफलतामा गाउँलेले फेरि एकपटक हर्षबढाइँ गरे । गर्जमानले पनि खुसी र राँगा काटेर गाउँलेलाई मन फुकाएर भोज खुवाए र बिदा भए बेलायतका लागि ।

वास्तवमा गर्जमानलाई बेलायत जान इच्छा नै थिएन । यो बुढ्यौलीमा साना नानीहरू लिएर कहाँ जाने, के गर्ने केही थाहा छैन । तर, फुलमतीको भने भिसा लागेको जानकारी आएपछि नै खुट्टा भुइँमा छैनन् । उनले सुनेकी छिन्, ‘बेलायत गएपछि बस्नलाई सरकारी घर, खानलाई वृद्धभत्ता, बच्चालाई निःशुल्क शिक्षा हुन्छ अरे ।’ तर काठमाडांैको अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनले अनेक भुक्तमान सहेकी छन् । वृद्ध श्रीमान्को स्याहार गर्ने कि स–साना नानीहरूको सुसार वा झोला सम्हाल्ने उनले अनेक झमेला र समस्या झेल्दै कतारको विमानस्थल आइपुगिन् । युकेको हिथ्रो विमानस्थल आइपुगेपछि भने फुलमतीलाई अप्ठ्यारो प¥यो । बेलायती अध्यागमनले स्वास्थ्य परीक्षण गर्दा अंग्रेजी नबुझेरै उनी हैरान भइन् । भाग्यवश फुलमतीको परिवारलाई काठमाडांैदेखि नै मद्दत गर्दै आएको एक विदेशीले सहयोग गरे । फुलमती वृद्ध श्रीमान् र छोराछोरी लिएर विमानस्थलबाट बाहिर निस्किइन् । हिउँ परेर कठ्यांग्रिने जाडोमा फुलमती अत्तालिइन्, अब कहाँ जाने ? कसले लिन आउने ? टेलिफोन कसरी चलाउने ? केही थाहा भएन । झन्डै दुई घन्टा कठ्यांग्रिदो जाडोमा बसेपछि एक इन्डियन ट्याक्सी ड्राइभरले हिन्दीमा कहाँ जाने भनेर सोधे ।

फुलमतीले पनि लटरपटर हिन्दीमा लन्डन भन्ने जवाफ दिइन् । तर, लन्डनमा उनीसँग जाने कुनै ठेगना थिएन । ट्याक्सीवालाले एक सय पाउन्डमा लन्डनका एक नेपालीको घरमा ड्रप गरिदिए । नेपाली भएको नाताले फुलमती र उनका परिवारलाई घरबेटीले केही दिनसम्म राम्रै खानपिन तथा बासको व्यवस्था गरे । तर, धेरै दिन उनीहरूले पनि त राख्न सक्ने अवस्था थिएन । कोठा खोजेर बस्न सल्लाह दिन थाले । फुलमती र गर्जमानले सुनेका थिए, ‘बेलायत गएको भोलिपल्टबाट बस्नका लागि घर मिल्नेछ, खानाका लागि भत्ता तर सुनेको कुरा सही थिएन ।

घरबेटीले सकेको सहयोग गरे । बच्चाहरूलाई स्कुल खोजिदिए । नेसनल इन्सुरेन्सको आवेदन फारम भरिदिए । तर, सबै कुरा सबैलाई कहाँ थाहा हुन्छ र ? फुलमतीको परिवारले पाउन सक्ने सुविधा जस्तै घरभाडा र वृद्धभत्ता, बच्चाको भत्ता, बेरोजगारी भत्तालगायतका विषयमा उनीहरूलाई पनि राम्ररी ज्ञान थिएन । यिनै कुरामा सजिलो होस् भनेर घरबेटीले एकजना नेपाली दलालसँग चिनजान गराइदिए । दलालले कागजपत्र मिलाउन पाँच सय पाउन्ड माग्यो ।
फुलमतीले पाँच सय पाउन्ड दलाललाई बुझाइन् पनि । त्यसपछि दलाल गायब भयो । यही विषयलाई लिएर फुलमती र घरबेटीबीच खटपट सुरु भयो । बिचरी फुलमतीसँग भएको जम्मा त्यही पाँच सय पाउन्ड थियो, त्यो पनि दलालले ठगेपछि खालीहात भएकी थिइन् । फुलमती र घरबेटीबीच ठूलै झगडा भयो । झगडाले चर्को रूप लिएपछि घरबेटीले फुलमती र उनको परिवारलाई घर छाड्न भनिन् । अब फुलमतीलाई ठूलै समस्या पर्‍यो । निस्किएर कहाँ जाने ? कहाँ बस्ने ? यस्तै असमनजस्यतामा रहेका बेला फुलमतीका गाउँले नातेदारले यो कुरा थाहा पाए । फुलमतीको परिवारलाई लिएर आफ्नै घरमा राखे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!