मणिलाल गुरुङ
पोखरा । पोखरामा १र५ गोरखा राइफल (फ्रन्टियर फोर्स)का भूपू सैनिकहरुले आफ्नो पल्टन १६० औं वर्ष पुगेको उपलक्ष्यमा वार्षिकोत्सव बडो धुमधामका साथ पोखरा रामबजारस्थित कान्तिपुर पार्टी प्यालेसमा मनाएका छन् । सोे पल्टन भारतीय सेनामा सबैभन्दा धेरै युनिट साइटेसन र बहादुरीहरु भएको पल्टन जसमा चार भिक्टोरिया क्रस सामेल छन् भने ‘ब्रेभ देन ब्रेभ’ पल्टन कहलाउँछ ।
मेजर एच.एम.एफ. भाइस रेगनले अबोटाबाद हाल पाकिस्तानमा पल्टनको स्थापना भएको थियो । त्यही दिनको स्मरण गरी पल्टनमा जस्तै नेपालमा पनि भूपूहरुले आफ्नो परिवारहरुका साथ वार्षिकोत्सव हर्षोल्लाससाथ मनाउँदै आएका छन् । कार्यक्रममा प्रमुख अतिथि आफ्नै पल्टनका कर्णेल रुचिर बाजपेयी वरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष सुमेअ. क्या. इन्द्रबहादुर गुरुङ, क्या. प्रेमबहादुर गुरुङले पल्टनको इतिहास बताएका थिए ।
कार्यक्रममा सहिदहरुको स्मरण गर्दै वीर नारीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै अध्ययनमा उत्कृष्ट छोराछोरीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो भने आफ्नो वीर गोर्खाली भनेर विश्वलाई चिनाउने राइफल्समेन स्वर्गीय थामन गुरुङ ‘भिक्टोरिया क्रस’ बिजेताको यादम उसको गाउँ सिङलाका समाजसेवी तेजबहादुर गुरुङ र नयाँ सदस्यहरुलाई पनि स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रमलाई मनोरञ्जन दिलाउन विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । धेरै आर्थिक सहयोग गर्ने उत्कृष्ट सहयोगदाताहरु, नृत्य कलाकारहरु र समता नेपाल कास्कीका अध्यक्ष एवं फोटो पत्रकार मणिलाल गुरुङलाई पनि स्वागत र सम्मान गरिएको थियो ।
सु.मे.आ.क्या. इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सु.मे.अ. क्या. लक्ष्मण गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन महासचिव सु.मे.अ.क्या. रुद्रबहादुर थापा (१८)ले गरेका थिए ।






