नेपालको रेसुंगा नगरपालिका र बेलायतको हकिन्ज नगर परिषद्‌बीच भगिनी सम्बन्ध स्थापना

SHARE:

तस्बिर सौजन्य : नेपाली दूतावास लन्डन

लन्डन १७ असोज । नेपालको गुल्मी जिल्लाको रेसुंगा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको हकिन्ज नगर परिषद्‌बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ ।

संयुक्त अधिराज्यको हकिन्जमा २ अक्टोबर २०२० मा आयोजित एक समारोहबीच सम्झौता भएको हो । समारोहमा बोल्दै हकिन्ज नगर परिषद्का प्रमुख फिलिप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए । उनले रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणा दिए ।

समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले २०० वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल-बेलायत सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे । रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा. सुवेदीले रेसुंगा नगरपालिकाका नगर प्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुंगाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिए ।

त्यसैगरी कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्वप्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोर्खा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताए ।

समारोहमा हकिन्जको चर्चिल स्कुल तथा रेसुंगाको सिद्धबाबा माध्यमिक बिद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समेत सहमति भएको थियो । समारोहको अन्त्यमा प्रमुख श्री मार्टिनले जलपान समारोह आयोजना गरेका थिए ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का प्रमुख, निवर्तमान प्रमुख तथा हकिन्ज नगर परिषद्का काउन्सिलरहरु, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं नेपाली राजदूतावासका उपनियोग प्रमुखको उपस्थिति रहेको नेपाली राजदूतावास लन्डनले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!