
काठमाडौं १७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।
शनिबार २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन् । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा शनिबार ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
शनिबार देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।
शनिबार २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । शनिबारसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन ।






