३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट कार्यक्रम मे २ मा, गायिका निरा आउने

SHARE:

लन्डन । ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट कार्यक्रम आगामी मे २ तारिखमा हुने भएको छ ।

नेपालबाट आएकी गायिका निरा थापा मगरको प्रस्तुतिसहित अल्डरसटस्थित ठमेल रेष्टुरेन्ट एण्ड बारमा उक्त संस्थाको भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न १२ देखि बेलुकी ७ बजेसम्म हुने छ । लोकप्रिय दोहोरी गायिका निरा थापा मगर मिस मगर समेत हुन् ।

३२ ट्रेनिंग पार्टीका नम्बरीहरु परिवारका साथ उपस्थित भइदिन आयोजकले आग्रह गरेको छ । १९८० जनवरीमा बिट्रिस आर्मीमा भर्ती भएको टोली ३२औं टोली भएकोले ३२ ट्रेनिंग पार्टीको नामबाट चिनिन्छ । यो ३२ ट्रेनिंग पार्टीले हरेक वर्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रममा वर्षभित्र कसैको नानीहरुले उच्च शिक्षा (स्नातकमाथि) हासिल गरेका छन् वा कसैको नानीहरु विवाह बन्धनमा बाँधिएका छन् भने नम्बरीहरुको तर्फबाट बधाई तथा शुभकामना दिने प्रचलन रहेको नम्बरी परशु गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!