बेलायतवासी समाजसेवी अन्तिम गुरुङको पहलमा मुसहर र सुकुम्बासी बस्तीमा ३ लाख ३० हजारको राहत

SHARE:

हुम तमु
पोखरा १८ असोज । बुद्धिष्ट कम्युनिटी लन्डन शाखाकी आमा समूह अध्यक्ष, युवा समाजसेवी अन्तिम गुरुङको विशेष पहलमा शनिबार नेपालको पूर्वी नवलपरासीको मुसहर नयाँ बस्तीका ६५ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

दसैं आगमनको पुर्वसन्ध्यामा कावासोती १३, मुसहर बस्तीमा राहत सहयोग वितरण गरिएको हो । कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त भइरहेको बेला जन्मभूमि नेपालका विपन्न क्षेत्रमा दसैंको बेलामा चुल्हो ननिभोस्, खुशीका साथ दसैं मनाउन भनि यूकेका ४३ जना मनकारीहरुको सहयोगले १ लाख ६० हजार रुपैयाँ बराबरको चामल, दाल, तेल, नुन राहत वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा बोल्दै कावासोती १३ का वडाध्यक्ष विनोद राना मगरले विदेशीभूमिबाट राहत संकलन गरी आफ्नो वडामा रहेको विपन्न समुदाय बसोवास गर्ने मुसहर बस्तीमा राहत पठाएकोमा सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे । अति बिपन्न मुसहर समुदाय बन्दाबन्दीका कारण ज्याला मजदुरी गर्न समेत नपाउँदा भोकमरीकै अवस्थामा पुगेको अवस्थामा वडाको तर्फबाट केही पहल भए पनि त्यो पर्याप्त नभएको अवस्थामा राहत सामग्री पाउनु मुसहर समुदाय र सिँगो वडाको लागि पनि खुशीको कुरा भएको बताए ।

कोरोना महामारीका कारण ज्याला मजदुरी गर्न नपाएकोले मुसहर बस्तीमा भोकमरीको अवस्थामा राहत सामग्री पाउँदा आफुहरु अत्यन्त खुशी भएको समाजसेवी एवम् कावासोती १३ का वडा सदस्य एवम् नगरपालिका सदस्य कलिया मुसहरको भनाइ थियो ।

राहत बितरण कार्यक्रमको संयोजन गरेका बुद्धदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक तथा समाजसेवी रुद्र बहादुर गुरुङले दु:ख, समस्या परेको बेलामा सहयोग गर्नु मानव धर्म भएको बताए । यतिखेर बिश्व नै कोरोना महामारीले आक्रान्त भएको अवस्थामा भएकोले नभएकालाइ सहयोग गर्नु सबैको कर्तब्य भएको उनले बताए । दु:ख परेको अवस्थामा सबै मिलेर मानबीय सहयोग गर्नुपर्ने बताए । उनले सहयोगका लागि विशेष पहल गर्नुहुने बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डनकी आमा समूह अध्यक्ष तथा युवा समाजसेवी चेली अन्तिम गुरुङ, सहयोगी हातहरु, पोखरा निवासी तमु धिं नेपालका उपाध्यक्ष तथा कास्की आवाजका सम्पादक हुमबहादुर तमुलाई आभार समेत प्रकट गरे । आगामी दिनमा पनि यथासक्य सहयोग गरिने र यस्तो कार्यमा सरिक हुन सबैलाई उनको आग्रह थियो ।

यसैबीच काठमाडौं सुकुम्बासी बस्तीमा पनि बुद्धिष्ट कम्युनिटी सेन्टर लन्डनकी आमा समूह अध्यक्ष, युवा समाजसेवी अन्तिम गुरुङको विशेष पहलमा शनिबार दसैं राहत सहयोग वितरण गरिएको छ। रिम्पोछे मुन्सेल गुरुको विशेष व्यवस्थापन सहयोगमा १ लाख ७० हजार बराबरको चामल, दाल, तेल, नुन वितरण गरिएको छ ।

मुसहर र सुकुम्बासी बस्तीमा दसैं राहत सहयोग वितरणका लागि यूकेका सहयोगदाताहरु निम्न रहेको छ।

सहयोगदाताहरुमा

श्रीमान/श्रीमती खुशीमान गुरुङ (लन्डन) २२० पाउन्ड
खेन्पो निमा सिंघ गुरु १५० पाउन्ड
हङकङ फ्रेन्डस १०३ पाउन्ड
अन्तिम गुरुङ (लन्डन) १०१ पाउन्ड
रमेश, अमृत गुरुङ (नेपाली बिल्डर्स प्रा.लि.) १०१ पाउन्ड
सोनु गुरुङ (हङकङ) १०१ पाउन्ड
श्रीमान्/श्रीमती संजय गुरुङ (हङकङ) १०१ पाउन्ड
श्रीमान/श्रीमती सपन राई (सपन इन्टरटेन्मेन्ट)१०१ पाउन्ड
श्रीमान/श्रीमती किरन गुरुङ(अल्डरसट)५५ पाउन्ड
श्रीमान/श्रीमती जगत गुरुङ (लन्डन)५१ पाउन्ड
श्रीमान/श्रीमती प्रकाश गुरुङ (लन्डन)५१ पाउन्ड
शाह श्री (लन्डन)५१ पाउन्ड
श्रीमान/श्रीमती हिमाल गुरुङ (टनब्रिज) ५१ पाउन्ड
श्रीमान्/श्रीमती मदन गुरुङ (लन्डन)५१ पाउन्ड
श्रीमान/श्रीमती सुक गुरुङ (अल्डरसट) ५१ पाउन्ड
बि.सी.सी.लन्डन (आमा समूह)५१ पाउन्ड
श्रीमती पुनम गुरुङ (एनआरएन यूके अध्यक्ष) ५० पाउन्ड
सूर्य गुरुङ (पिपल मोर्गेज)५० पाउन्ड
श्रीमान् /श्रीमती ईश्वर गुरुङ (लन्डन) ५० पाउन्ड
बिना लिम्बु (लन्डन)४० पाउन्ड
मेजर खुशीमान गुरुङ/श्रीमती उर्मिला गुरुङ (बेजिङस्टोक)३७ पाउन्ड
श्रीमान/श्रीमती बेन गुरुङ (लन्डन) ३५ पाउन्ड
श्रीमान/श्रीमती धन गुरुङ (मेडस्टोन)३५ पाउन्ड
सृजना गुरुङ (स्टनवेल)३५ पाउन्ड
मोहनजंग गुरुङ (लन्डन)३१ पाउन्ड
मेजर हितमान/कल्पना गुरुङ (केम्बर्ली)३० पाउन्ड
बि गुरुङ (लन्डन)३० पाउन्ड
श्रीमान/श्रीमती कमल गुरुङ (अल्डरसट)३० पाउन्ड
श्रीमान्/श्रीमती विष्णु गुरुङ (लन्डन)२५ पाउन्ड
दया गुरुङ (रिडिङ) २५ पाउन्ड
मिरा तामाङ (लन्डन)२१ पाउन्ड
पुनम गुरुङ (लन्डन) २१पाउन्ड
श्रीमान्/श्रीमती इन्द्र गुरुङ (अल्डरसट)२१ पाउन्ड
पूर्णमाया गुरुङ (लन्डन)२१ पाउन्ड
श्रीमान्/श्रीमती राज गुरुङ (लन्डन)२१ पाउन्ड
श्रीमान/श्रीमती नवीन गुरुङ (बेजिङस्टोक)२० पाउन्ड
अमृता तथा परिवार (लन्डन)१० पाउन्ड
बट्टुमाया गुरुङ (लन्डन)२१ पाउन्ड
रेनु गुरुङ (लन्डन)२१ पाउन्ड
जीतमान गुरुङ (यु.ए.ई) नेपाली१० हजार रुपैयाँ
बिनु घले (लन्डन) नेपाली १० हजार रुपैयाँ
श्रीमान/श्रीमती मानसिङ गुरुङ (लन्डन)नेपाली १० हजार रुपैयाँ
श्रीमान/श्रीमती दिल/इन्द्र गुरुङ (बेजिङस्टोक)२० पाउन्ड सहयोग गर्नुभएको सामाजिक अभियन्ता अन्तिम गुरुङले जानकारी दिनुभयो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!