
काठमाडौं असोज १८ । नेपालमा थप २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ ।
पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बााकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन । यस्तै काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बााकेमा ६० वर्षीय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । यो सागै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।
आइतबार १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन् ।






