तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर तमु निर्विरोध

SHARE:

लन्डन, २० असोज । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालमा ३६ वर्ष पश्चात नेतृत्व हस्तान्तरण हुने भएको छ । २०४२ साल स्थापना कालदेखि नै लगातार तमु धिंको नेतृत्व गर्दै आएकी आइरन लेडी कर्म तमुपश्चात् युवा समाजसेवी, समुदायका अधिकारका लागि संघर्षशील, बौद्धिक व्यक्तित्व एवम् पत्रकार हुमबहादुर तमुले आगामी नेतृत्व गर्ने भएको हो ।

तमु धिं नेपालको १५ औं महाधिवेशनको नेतृत्व चयनका क्रममा चारभञ्ज्याङ तमु समाजका हुमबहादुर तमुसहित पदाधिकारीहरु निर्विरोध चयन भएका छन् । मंगलबार निर्वाचन समितिले प्रकाशित गरेको सूचनाका अनुसार तमु धिंको वरिष्ठ उपाध्यक्षमा ताङतिङ दुधपोखरी तमु समाजका सुमे श्रीप्रसाद तमु, प्रथम उपाध्यक्षमा सिद्धार्थ तमु समाजकी गीमाया तमु, द्वितीय उपाध्यक्षमा याङजाकोट तमु समाजका नारायण तमु, महासचिवमा मिलिजुली विजयपुर तमु समाजकी अधिवक्ता जुनाकुमारी तमु, सचिवमा फिर्के तमु समाजका जुमकाजी तमु, सहसचिवमा चिउली पाचे तमु समाजका मेनकाजी तमु, कोषाध्यक्षमा नादा तमु समाजका गमबहादुर तमु, सहकोषाध्यक्षमा तमु सहयोग समितिकी सुवेदार तुलबहादुर तमु निर्विरोध चयन भएका हुन् ।

लामो समय तमु धिंमै रहेर गुरुङ युथ फोरम, प्रचार संयोजक, केन्द्रीय सदस्य, द्वितीय उपाध्यक्ष हुँदै ८ महिना कार्यवाहक अध्यक्षको जिम्मेवारी सकुशल निर्वाह गरेका अध्यक्ष पदका प्रत्यासी हुमबहादुर तमुको विरुद्ध प्रस्तुत भएका ई.देउकाजी तमुको उम्मेदवारी बदर भएको निर्वाचन समितिले निर्णयपश्चात हुमबहादुर तमु निर्विरोध भएका हुन् । बदर गर्नुअघि नै देउकाजी तमुले पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रियाबाट बाहिरिएको सार्वजनिकीकरण गरेका थिए । यद्यपि निर्वाचन समितिले असोज २४ गते शनिबार घोषणा कार्यक्रम राखेको छ ।

असोज १६ गते नै ३६ औं वार्षिक साधारणसभा र १५ औं महाधिवेशन सम्पन्न हुनुपर्नेमा विविध कारण देखाउँदै असोज ११ गते नै निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी दिँदै असोज १९ गतेबाट पुनः निर्वाचन प्रक्रिया निरन्तरताको क्रममा उम्मेदवारविरुद्ध उजुरी छानबिन गर्दा देउकाजी तमुले उम्मेदवारले पालना गर्नुपर्ने नियमविपरीत सिफारिस पेस गरेकाले उम्मेदवारी बदर गरिएको निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!