शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’सालिक अनावरण

SHARE:

इलाम । इलामको दक्षिणी चुलाचुली गाँउपालिका वडा नम्बर –१ मा निर्माण गरिएको शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक मंगलबार अनावरण गरिएको छ । पूर्णकदको शालिकको सङ्घीय लिम्बुवान मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देनले अनावरण गरे ।

लिम्बुवानका आन्दोलनका प्रथम शहिद आङदेम्बेको १३ औ स्मृति दिवसका अवसरमा शालिक अनावरण गरिएको शहिद राजकुमार आङदेम्बे ( माङतोक ) स्मृति प्रतिष्ठानका महासचिव दिलकुमार लाओतीले जानकारी दिए । करिव रु ५ लाखको लागतमा सो शालिक बनेको हो । सोही अवसरमा झापाको विर्तामोडमा आयोजना गरिएको खुल्ला रक्तदानमा १६ पिन्ट रगत सङ्कलन भएको छ । लिम्बुवान आन्दोलनका क्रममा २०६४ साल असोज २० गते आङ्देम्बे कमल गाउँपालिकाको कमल खोला किनारमा शहादत प्राप्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!