लन्डन । प्रवासमा बसेर निरन्तर गीत रचनामा क्रियाशील मुकेश राईको ‘साथी तिमी मेरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मुकेशकै ‘मनोकांक्षा भाग २’ गीति एल्बममा समावेश गीतलाई चल्तीका गायक गायिका मेलिना राई र ताराप्रकाश लिम्बुले स्वर भरेका छन् । लन्डनका विभिन्न स्थानमा छायाकंन गरिएको गीतको भिडियोलाई प्रभु गुरुङले निर्देशन गरेका छन् भने सुमन र अनुराग श्रेष्ठले क्यामरा चलाएका छन् ।
यही गीतमार्फत डेब्यु गरेकी मिसेस नेपाल यूके २०१८ सेकेण्ड रनरअप सविना श्रेष्ठ थापा, संचारकर्मी तथा कलाकार सञ्जजयभक्त कँडेल र नवकलाकार तथा संचारकर्मी रीना भण्डारीले भिडियोमा सुन्दर अभिनय गरेका छन् । बेलायतमै बसोबास गरिरहेका कलाकारहरुले गीतमार्फत मित्रता, प्रेम र रोमान्सको कथालाई गज्जबले उजागर गरेका छन् ।
पुप्रण प्रडक्सन यूकेको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको भिडियोलाई सुशील गुरुङले सम्पादन गरेका छन् भने कोरियोग्राफी निर्देशक स्वयंले गरेका छन् ।
साथी तिमी मेरो 💕…
Lyrics : Mukesh Rai
Vocal : Melina Rai,Tara Prakash Limbu
Music : Tara Prakash Limbu
Arranger : Sahas Shakya (Acoustic Studio)
Model : Sabina Shrestha,Sanjaya Kandel,Rina Bhandari
Makeup : Puspa Gurung
Camera : Suman Shrestha
Asst.Camera : Anurag Shrestha
Colour : Nabin Niraula
Edit : Sushil Gurung
Direction/Choreography : Prabhu Gurung
Pupran Production Uk






