
काठमाडौं असोज २७ । नेपालमा थप ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाम १५ हजार ५ सय ७७ पीसीआर परीक्षण भएकोमा ३५ सय ५६ जनामा संक्रमण देखिएको हो । काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ गरी उपत्यकाभित्र २ हजार १ सय २९ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेब बताए ।
यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । यो सागै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।
मंगलबार १ हजार ५ सय ३ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । देशभरी ७८ हजार ७ सय ८० संक्रमित डिस्चार्ज भएका छन् ।






