काठमाडौं २८ असोज । प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा बुधबार निधन हो । उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइने । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएका पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् ।






