तमु कलाकार संघद्वारा वरिष्ठ कलाकार नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरी सम्मानित

SHARE:

हुम तमु
पोखरा २९ असोज । तमु(गुरुङ)कलाकार सघ नेपाल गण्डकी प्रदेश समितिले वरिष्ठ कलाकार नृत्य निर्देशक बुद्धि प्रसाद गुरुङ गौरीलाई अग्रज कलाकार २०७७ बाट सम्मान गरेको छ। चार दशक भन्दा बढी नृत्य क्षेत्रमा क्रियाशील नृत्य निर्देशक गुरुङलाई तमु(गुरुङ)कलाकार सघ नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभाका अवसरमा बिहिवार पोखरामा ५हजार ५५५ रुपैयासहित सम्मान गरिएको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित साधारणसभाका प्रमुख अतिथि तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश प्रमुख एवम तमु कलाकार संघका सल्लाहकार दल बहादुर गुरुङ र संघका गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले कलाकार गुरुङलाई नगद, सम्मानपत्र, दोसल्ला, खादा, बुकेबाट सम्मान गरिएको हो।

यसरी नै साधारणसभामा सघकी सल्लाहकार दिलु गुरुङ हालै नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको दोस्रो माहाधिबेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी बधाई ज्ञापन गरिएको थियो भने संघको वार्षिक उत्कृष्ठ कार्यसम्पादन बापत कलाकार दिलु गुरुङलाई नगदसहित प्रसंसापत्रद्वारा सम्मान गरिएको छ ।

यस्तै गरी साधारण सभाको अवसरमा तमु कलाकार संघ गण्डकीले १ लाख ११ हजार १ सय ११ रुपैयाँको तमु कलाकार कल्याणकारी कोषको स्थापना गरेको घोषणा गरिएको छ। कोष घोषणासँगै कलाकार सुबेदार जसबहादुर गुरुङले कोषमा ५ हजार ५५५ रुपैया थप गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि दलबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै राज्यले संरक्षण गर्नुपर्ने सँस्कृतिको संरक्षण तमु कलाकारहरुले गर्दै आएको दावी गरे। उनले भने, कलाकार गहना नभई सम्पत्ति हो, समाज परिवर्तनको संवाहक हो। तमुहरुको हकाधिकारका लागि एकता जरुरी रहेका भन्दै जोड दिए।

कार्यक्रममा तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङ, नेपाल आदिवासी जनजाति माहासघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष धर्म गुरुङ, हिमाली सास्कृतिक परिवारका अध्यक्ष मेनकावी गुरुङ, चलचित्र निर्देशक, गितकार, संगीतकार, गायक कृष्ण कुमार गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए भने संघका सल्लाहकारहरु दिलु गुरुङ, तारा बहादुर गुरुङ, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी मैना गुरुङ, गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य चेत गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रीय समितिका सदस्य शंकर बिरही गुरुङ, लामा अमृत गुरुङ फाउन्डेशनका अमृत गुरुङ, संघकी निबर्तमान अध्यक्ष श्री दुर्गा गुरुङ, तमु धि नेपालका क्षेत्रिय समाजका अध्यक्षहरु तमु संचारकर्मी सघका केन्द्रीय सदस्य मनि सरब्जा गुरुङ लगायतको बिषेश उपस्थिति रहेको थियो। कार्यक्रममा संघका कलाकार द्वारा सागितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

भौतिक दुरी कायम र आवाश्यक सजगता अपनाउदै आयोजित साधारणसभा संघका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षता, सचिवालय सदस्य ज्योति लोहनी गुरुङले स्वागत र महासचिव टसबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!