नेपालमा २४ घण्टाको कोरोना नयाँ अपडेट : ४३९२ संक्रमित, ३५२२ डिस्चार्ज, २१ को मृत्यु

SHARE:

काठमाडौं असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३ सय ९२ जनामा संक्रमण पुष्टि भएको बताएका हन् । यससँगै कुल सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ जना र ललितपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण निको हुनेहरुको संख्या ८८ हजार ४० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ । यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ । ्पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ पीसीआर परीक्षण भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!