नेपाली दूतावास लन्डनमा वेबिनार आयोजना

SHARE:

लन्डन मंसिर १२ । नेपाली दूतावास लन्डनले ग्लास्गो क्यालेडोनियन युनिभर्सिटी सँगको सहकार्यमा ‘Science Diplomacy, International Relations, and the Move from the Wealth of Nations to the Health of Nations’ विषयक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गर्‍यो ।

२६ नोभेम्बर २०२० का दिन भएको कार्यक्रममा विशेषगरी वर्तमान अन्तर्राष्ट्रिय चुनौतीहरुका सन्दर्भमा सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भूमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनजस्ता विश्वव्यापी विषयहरु तथा त्यसबाट अन्तर्राष्ट्रिय सम्बन्धहरुमा परेको प्रभावहरुका बारेमा विचार विमर्श भएको दूतावासले जनाएको छ । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त वेबिनारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रमुख अतिथि थिए ।

कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान विश्वको त्रासदीका रुपमा रहेको विश्वव्यापी संकटका रुपमा रहेको कोभिड-१९ संक्रमणले नेपाल जस्तो अविकसित तथा भूपरिवेष्टित राष्ट्रलाई सबैभन्दा बढी प्रभावित पारेको र यससँग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी रहेको बताए ।
सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै राजदूत डा. सुवेदीले विश्वव्यापी चुनौतीका रुपमा रहेको मौसम परिवर्तनले नेपाल लगायत विकासशील एवं भूपरिवेष्टित राष्ट्रहरुमा देखिएको दुष्परिणाम लगायतका बारेमा सघन बहस तथा छलफल गर्ने उद्देश्यले नेपालले सन् २०२१ मा अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद आयोजना गर्न लागेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय समस्याहरुको निराकरणको लागि कूटनीति र विज्ञान तथा प्रविधिको अन्योन्याश्रित सम्बन्ध रहेको बताए । कार्यक्रमका वक्ता ग्लास्गो क्यालेडोनियन युनिभर्सिटीका प्राध्यापक एन्टोनी मोर्गनले उक्त विश्वविद्यालयको संक्षिप्त जानकारी गराउँदै विज्ञान कूटनीति र जनस्वास्थ्य सुरक्षाका विविध पक्षहरुको विषयमा चर्चा गरे ।

त्यसैगरी, जर्मनीको बर्लिनस्थित University of Europe for Applied Sciences का रेक्टर प्रा. मौटिट्स भ्यान रुइजेनले स्वास्थ्यको विश्वव्यापीकरणमा विश्वविद्यालयहरुले खेल्ने भूमिकाको उल्लेख गर्नुहुँदै कोभिड महामारीले विश्वव्यापीकरणलाई पारेको प्रभावका बारेमा प्रकाश पारे । University of East Anglia का प्राध्यापक रिचार्ड हार्वेले कोभिड महामारीका कारण विश्वमा हालसम्मकै सबैभन्दा ठूलो कूटनीतिक चुनौती रहेको भन्दै वैज्ञानिकहरुको बीचको सहयोग तथा सहकार्य र विज्ञान कूटनीति प्रभावकारी देखिएको बताए ।

कार्यक्रमका अर्का प्रस्तोताका रुपमा अल्वानियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकार ह्यरिस वोङ्गलीले कोभिड संक्रमणका सन्दर्भमा अल्वानियाको अनुभव सुनाउँदै महामारीका समयमा विकासशील देशहरुले भोग्नुपर्ने समस्याहरुको बारेमा प्रस्तुति दिए । Albabtain Cultural Foundation, Kuwait का महासचिव तथा ट्युनिसियाको परराष्ट्र मन्त्रालयका सेक्रेटरी अफ स्टेट प्राध्यापक तोहामी अब्दुलीले कूटनीति र अन्तर्राष्ट्रिय ऐक्यवद्दताको बारेमा जानकारी दिंदै नयाँ विश्वव्यवस्था निर्माणमा विश्वव्यापी ऐक्यबद्धताको लागि कूटनीतिको महत्वको बारेमा प्रस्तुति दिए ।

त्यसैगरी, अर्का प्रस्तोता ग्लास्गो क्यालेडोनियन युनिभर्सिटीका प्राध्यापक टिटुस ओलानीले दिगो तथा नविकरणीय उर्जा विकासका विषयमा आफ्नो प्रस्तुति दिए । ग्लास्गो क्यालेडोनियन युनिभर्सिटी अन्तर्राष्ट्रिय कूटनीतिका प्राध्यापक नबिल अयादले संचालन गरेको वेबिनारको समन्वय राजदूतावासका उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!