“गैरआवासीय नेपाली नागरिकता” सम्बन्धी विधेयक (पहिलो मस्यौदा) मा गोर्खा शब्द समाबेश गरेकाले बेलायतबासी गोर्खाहरूको कडा आपत्ति

SHARE:

बेलायत –  गत बैशाख ९ गते कुनै आधिकारिक तथा विश्वसनीय माध्यम स्पष्ट नगरी, छलफलका लागि भन्दै गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको संशोधित तथा परिमार्जित पहिलो मस्यौदा सार्वजनिक गरिएको पाएपछि गोर्खा र निजका सन्तानहरूलाई एन.आर.एन संग एउटै क्याटगोरीमा राखेको भन्दै ११ मे २०२६ सोमबारको दिन CNCBG (गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान) का अध्यक्ष थर्क रानाको नेतृत्वमा एक प्रतिनिधि मण्डल नेपाली दुताबास लण्डन पुगेर कार्यवाहक राजदूत विपिन दुवाडीमार्फत नेपाल सरकारसमक्ष कडा आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ ।

सिएनसिबिजिका सचिव जित घर्ती मगरज्यूको संचालनमा सुरु भएको कार्यक्रममा प्रवक्ता पदम गाहा मगरले पढेर सुनाएपछि अध्यक्ष थर्क रानाज्यूले ज्ञापनपत्र कावा राजदूत विपिन दुवाडीज्यूलाई हस्तान्तरण गर्नुभएको थियो। ज्ञापनपत्र बुझाएपछि अध्यक्ष रानाले सरकारले गोर्खाहरूको समस्या कानूनमै विशेष व्यवस्था गरी नसुल्झाउँदासम्म यो अभियान नरोकिने भनि प्रष्ट पार्नुभयो ।

विरोधपत्र बुझेपछि कावा राजदूतज्यूले दूताबासको काम नेपाल सरकार र तपाईंहरूबीचको पुलको काम गर्ने हो, म निर्णय गर्ने ठाउॅमा छैन मेरो भूमिका गोर्खा लगायत बेलायतवासी नेपालीहरूको पीडा नेपाल सरकारसमक्ष पुर्‍याउनेसम्म मात्रै हो भन्नुभयो। उहॅाले मेरो दैनिक नेपाल सरकार वा सम्बन्धित निकायसॅग दैनिक सम्पर्क भइरहेको हुन्छ। हाल नेपाल सरकारले ल्याएको गैरआवासीय नागरिकता मस्यौदा (विधेयक) मा गोर्खाहरू समेटिएका पनि मेरो जानकारीमा छैन भन्नुभयो। तपाईंहरूको समस्या मैले नेपाल सरकारलाई बुझाउने हो, तपाईंहरू ढुक्क हुनुहोस यो काम म बाट हुन्छ भन्दै तपाईंहरू पनि स्पष्ट विकल्पसहित अगाडि बढ्नुपर्छ भन्ने सुझाव दिनुभयो।

उहाँबाट यस्तै उत्तर आउँछ भनेर हामीलाई थाहा थियो । त्यसैले हामीले हाम्रो विकल्प दिइसकेका छौं। हामीले हाम्रो माग सबै सरकारसामु प्रष्टसँग राखिसकेका छौं र त्यसलाई नेपाल सरकारले स्विकार पनि गरिसकेको छ। तर विभिन्न कारणले हाम्रो माग संवोधन गर्न सकेको थिएन। अहिले त झन्डै दुई तिहाई बहुमतको सरकार छ।

कार्यवाहक राजदूतज्यूमार्फत, भर्तिका कारण बेलायतमा बसोबास गर्न परेका गोर्खाहरूको नागरिकता सम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारसँग सि.एन.सि.बि.जि. साथै अन्य गोर्खाजन्य संघसंस्थाहरूका प्रतिनिधिमण्डलको औपचारिक तथा गहन छलफलको व्यवस्था यथाशिघ्र मिलाई त्यस सम्बन्धी राजदूताबासबाट भएका सम्पूर्ण पत्राचार साथै सम्बन्धित निकायहरुको जवाफ जस्ताको तस्तै तुरुन्त जानकारी गराईदिनु हुनपनि सिएनसिबिजिले अनुरोध गरेको छ।

तसर्थः गोर्खाहरूको इतिहास, बलिदान र योगदानको कदर गर्दै छुट्टै पहिचानसहितको माग पुरा गराउन सि.एन.सि.बि.जिको अभियानमा एकतावद्ध हुन र हाम्रो माग सम्वोधन नहुँदासम्म विरोधमा उत्रिन हामी सम्पूर्ण गोर्खा दाजुभाइ, दिदीबहिनी साथै भान्जाभान्जीहरूमा हार्दिक आव्हान गर्दछौं।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!