लन्डन मंसिर २३ । तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलाई पत्नीशोक परेको छ । उनकी पत्नी ५० वर्षीया चन्द्रमाया गुरूङको सोमबार दिउँसो बेलायतको रेडिङस्थित घरमै निधन भएको हो । स्वर्गीय गुरुङ क्यान्सर रोगबाट पीडित थिइन् ।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय चन्द्रमायालाई गत जुलाई महिनामा कलेजोमा क्यान्सर देखिएको थियो । बेलायतका सयौं नेपाली संस्थामध्येकै ठूलो र अग्रणी तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद यहाँको समुदायमा एक अग्रज समाजसेवीका रुपमा परिचित छन् । उनका एक छोरा छन् ।
उनको परिवारमा परेको शोकप्रति बेलायतवासी नेपालीले गहिरो दु:ख व्यक्त गरेका छन् ।






