‘मास्टर सेफ यूके २०२०’को फाइनलमा पुगे सन्तोष साह

SHARE:

लन्डन मंसिर २६ । ‘मास्टर सेफ यूके २०२०’मा सन्तोष साह फाइनल पुगेका छन् ।

बिहीबार भएको दोस्रो चरणको प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई हराउँदै साह विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाइनलमा प्रवेश गर्न सफल भएका हुन् । यो प्रतियोगिता बीबीसीबाट प्रसारण हुने गर्दछ ।

बेलायतमा बसोबास गर्दै आएका नेपाली सेफ सन्तोष शाहले बेलायतमै जन्मेका सेफहरू सहभागी माझ कला प्रस्तुत गरेका बताए । इण्डियन कुइजिनबाट संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् सन्तोष शाह । सन्तोषले आफ्नो पाक कला देखाएर फाईनलमा पुग्न सफल भएका छन् ।

सन्तोषले मास्टर सेफको टप ८ प्रतिस्पर्धीमा योमरि , क्रिस्पी “चिकन चिल्ली “चाईनिज इन्डियन स्टाइलको साथ क्रिस्पी कमलका जराहरू, सि वीडको अचार, भेजीटेबल अचार, तातो र अमिलो सूप र क्रिस्पी नूडल्स बनाएका थिए । सो संस्करणमा सन्तोषले पाककलामार्फत आफूलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!