तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने

SHARE:

लन्डन पुस ८ । बेलायतमा रहेका गुरुङहरुको संस्था तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को कारण निम्तिएको असहज परिस्थितिका कारण ल्होछार कार्यक्रम नगर्ने निर्णय भएको भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरिएको हो । तमु समाजको सूचनामा लेखिएको छ, ‘यो साल तमु समाज यूकेले कोभिड १९ को असहज परिस्थितिले गर्दा ल्होछार कार्यक्रम नगर्ने गत मिटिङमा निर्णय भएको थियो । यो परिस्थितिमा कोरोनाबाट आफ्नो परिवारलाई केही होला भन्ने सबैमा डर र त्रास भइराखेकोले तमु समाज यूकेका सम्पूर्ण परिवारलाई ल्वोँ ल्होछार नमाने सूचना सूचित गरिन्छ ।’

साथै तमुहरुको महान् पर्व ल्वोँ ल्होछार (गाई वर्ग) २०७७ को पावन अवसरमा सम्पूर्ण तमु समाज यूकेका परिवार साथै बेलायत, नेपाल तथा विश्वभरी रहेका तमु (गुरुङ) लगायत सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सु-स्वास्थ्य, सुख, समृद्धि तथा उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

नेपाल, बेलायतसहित विश्‍वभरि रहेका गुरुङहरुले हरेक वर्षको पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । ल्होछार/ल्होसारको दिन पुस १५ भए पनि विभिन्‍न संघ संस्थाले आफ्नो अनुकूल मुख्य दिनबाहेक पनि मनाउने चलन छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!