अन्तर्राष्ट्रिय पर्वत समाजले च्यारिटीबाट करोडभन्दा बढी उठायो एटा संवाददाता

SHARE:

अल्डरसट । अन्तर्राष्ट्रिय पर्वत समाजको च्यारिटी डिनर कार्यक्रमबाट एक करोड रुपैयाँभन्दा बढी संकलन भएको छ । गत ३ जुन २०१८ आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित च्यारिटी डिनर कार्यक्रममा सहभागी अतिथिहरुले सो रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पर्वत जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवं प्रतिनिधिसभाका सांसद पदम गिरीले देश नयाँ कोणबाट अघि बढिरहेको भन्दै अब देश विकासतर्फ लम्कने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय पर्वत समाजको एक करोड रुपैयाँको अक्षय कोषमा सरकारको तर्फबाट १ करोड रुपैयाँ थपिने घोषणा गरे ।

त्यस्तै, अर्का प्रमुख अतिथि एवं सांसद लालकाजी गुरुङले प्रजातन्त्र प्राप्तिका लागि आपूmले खेलेको भूमिकाको स्मरण गर्दै अहिलेको संविधानले सिंहदरवारको अधिकार गाउँमा पुर्या‍एको बताए । अझै पनि देश परिवर्तनको दिशामा नहिडेको उनको भनाइ थियो । उनले सम्वृद्ध पर्वत बनाउनका लागि सबैले सोच्नु पर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रममा प्रदेशसभाका सांसद ललितकला गुरुङ, कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, जलजला गाउँपालिका प्रमुख यमबहादुर मल्ल (रामचन्द्र), एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामी, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापा लगायत विभिन्न देशमा रहेका पर्वत समाजका अध्यक्ष एवं प्रतिनिधिहरुलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए ।

साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा गायक बिमलराज क्षेत्रीले विभिन्न लोकगीतहरु गाएका थिए भने सयपत्री नेपाली कल्चरल ग्रुपका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत् गरे ।
करीब ५०० जनाको उपस्थिति रहेको कार्यक्रममा हालै चयन भएका समाजका सल्लाहकारहरु एक बहादुर पुन, ले.रि. नारायण प्रसाद गुरुङ र नारायण कोन्मे तमुलाई खादा लगाई स्वागत गरिएको थियो । पर्वतको शिक्षा, स्वास्थ्य र प्रविधिको विकासमा हातेमालो गर्नु संस्थाको मुख्य उद्देश्य हो । सोही उद्देश्य अनुरुप आफूहरुले पहिलो प्रयास स्वरुप च्यारिटी कार्यक्रम गरेको आयोजकले बताएका छन् ।
समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संयोजक एवं समाजका प्रमुख संरक्षक हितकाजी गुरुङले स्वागत मन्तब्य र महासचिव द्रोण शर्माले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा युरोपका विभिन्न देशबाट पनि पर्वतेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!