जापानमा सुवेदीमाथि भएको दुर्व्यवहारप्रति एनआरएनएद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र कारबाहीको माग

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानमा आयोजित ‘नेपाल फेस्टिभल’ कार्यक्रमका क्रममा एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक सङ्गीता अधिकारी सुवेदीमाथि भएको भनिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता सोमनाथ सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै सुवेदीमाथि भएको अभद्र व्यवहारप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । संघले महिलाको सम्मान, सुरक्षा र मर्यादा समाजको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै महिलामाथि हुने कुनै पनि प्रकारको अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा अनुचित गतिविधिप्रति शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ।

एनआरएनएले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा न्याय सुनिश्चित गर्न निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी प्रमाणित भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

विज्ञप्तिमा विदेशमा नेपालीले गर्ने व्यवहार, आचरण र अभिव्यक्तिले व्यक्तिगत पहिचान मात्र नभई नेपालको छवि, प्रतिष्ठा र समग्र नेपाली समुदायको सम्मानसमेत प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ। त्यसैले सबै नेपालीलाई आपसी सम्मान, संयमता र जिम्मेवार व्यवहार अपनाउँदै सभ्य अभिव्यक्तिको संस्कृतिलाई आत्मसात् गर्न संघले आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!