लन्डन चैत १४ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) ले शनिबार गोर्खा विभागले गरेको कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्खरै मार्च २२ तारिखमा सम्पन्न कार्यसमितिको बैठकमा समेत गोर्खा विभागमार्फत हुने कार्यक्रमको बारेमा कुनै प्रस्ताव पेस नगरी संघको लेटरप्याडको पनि दुरुपयोग गरिएको भन्दै कार्यक्रम वैधानिकता नहुने जनाएको हो ।
‘एकातिर संघको विरुद्धमा कानुनी प्रक्रिया समेत जारी राख्ने र अर्कोतिर संघको तर्फवाट जिम्मेवारी समेत लिन खोज्ने कुरा सर्वमान्य रुपमा नैतिक र वैधानिक दुवै हिसाबले उपयुक्त हुन सक्दैन भन्ने कुराको समग्र म्याण्डेड गत कार्यसमितिको बैठकको समेत रहेको कुरा जानकारी गराउन चाहन्छौं,’ एनआरएनए यूकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा विज्ञप्तिमा भनिएको छ ।
साथै एनआरएनए यूकेको नाममा यसरी अनाधिकृत रुपमा आयोजना हुने कार्यक्रमको संघले कुनै आधिकारिक जिम्मेवारी नलिने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।


