हिमपहिरोमा मृत्यु भएका निर्मल पुर्जासहितको सम्झनामा मंगलबार एनआरएनए यूकेको श्रद्धाञ्जलीसभा

SHARE:

लन्डन । प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ तथा ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका अन्य आरोहीहरूको सम्झनामा मंगलबार श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

श्रद्धाञ्जली सभा अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा साँझ ५:३० देखि ८ बजेसम्म सञ्चालन हुने एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थबहादुर मल्लले जानकारी दिए । गत बिहीबार पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी पूर्व ब्रिटिस आर्मी निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी आरोहीले ज्यान गुमाएका थिए ।

वरिष्ठ उपाध्यक्ष मल्लले नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई दिवंगत पर्वतारोहीहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्न संस्थाको तर्फबाट अनुरोध गरेका छन् ।

श्रद्धाञ्जलीसभामा बेलायतस्थित नेपाली समुदाय, विभिन्न सामाजिक संघसंस्था तथा पर्वतारोहणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!