किरात याक्थुङ चुम्लुङ यूकेद्वारा लिम्बु भाषा साहित्य गोष्ठी सम्पन्‍न

SHARE:

लन्डन साउन २ । किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा लिम्बु भाषा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

चुम्लुङ यूकेका महासचिव गणेश इजमको परिकल्पनामा तय गरिएको उक्त कार्यक्रम नेपालबाट लिम्बु भाषाविद् तथा कवि येहाङ लावतीको प्रमुख आथित्यमा १७ जुलाइ शनिबार जुम भर्चुअलमाध्यमबाट सम्पन्न भएको हो । कार्यक्रममा जम्मा १४ जनाले भाग लिएका थिए । सहभागीहरुमा किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष छत्र वनेम, रस्मोर शाखा अध्यक्ष भगीश्वर चोङ्बाङ लिम्बु, आस्फोर्ड शाखा अध्यक्ष टंक येङ्देन, महासचिव गणेश इजम, धनकुमारी लिम्बु, दिपक तावा लिम्बु, समाजसेवी लिला सेलिङ माबो, समाजसेवी तथा गीतकार सुवर्ण नेम्बाङ, सूर्य केरुङ, विष्णु तावा केरुङ फेदाङ्मा, पदम सम्बाहाङ्फे, माङेना चुम्लुङ युकेकी अध्यक्ष कल्पना आङ्बुहाङ, सल्लाहकारद्वय डम्मर सिङ्गक लिम्बु र दिल्सिङ मेन्याङ्बो थिए ।

साहित्य गोष्ठीमा लिम्बुहरुको महान् पर्व सिसेक्पा तङ्नामको शुभकामना आदानप्रदान गर्दै लिम्बु भाषामा कथा, कविता, हाक्पारे, पालाम, ख्याली प्रस्तुत गरेका थिए । महासचिव इजमले आमन्त्रित अथिति एवम् सबै सल्लाहकारहरुलाई आशनग्रहण गराउँदै कार्यक्रम पूर्ण रुपमा सन्चालन गर्नका लागि सहसचिव सानु सुब्बालाई हस्तान्तरण गरेका थिए ।

प्रमुख अथिति लावतीले कार्यक्रम अति रोचक, ज्ञानवर्धक रहेको बताए । उनले लिम्बुको इतिहास महागुरु फाल्गुनन्द, इमानसिङ चेम्जोङ, सिरिजङ्गा हाङ राजाहरुको उपदेशहरु संक्षिप्त रुपमा प्रस्ट्याएका थिए ।

तिल बिक्रम सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तब्य, सल्लाहकार नरकुमारी लिम्बुले शुभकामना मन्तव्य राखेका थिए भने सहसचिव सानु सुब्बाले लिम्बु भाषामा कार्यक्रम सन्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!