पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा निर्वाचित

SHARE:

लन्डन । पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर निर्वाचित भएका छन् ।

आइतबार १९ अप्रिल २०२६ मा फान्ब्रोस्थित मगर भवनमा भएको समाजको पाँचौं महाधिवेशनबाट अध्यक्षमा तिलिजा सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा चन्द्रराम खोरजा पुन मगर, महिला उपाध्यक्ष छविमाया पुन मगर, सचिव धन पुर्जा मगर, कोषाध्यक्ष गंगाबहादुर खोरजा पुन मगर, सहसचिव अमृत पुर्जा पुन मगर, सहकोषाध्यक्ष मेखबहादुर तिलिजा पुन मगर, संस्कृति सचिव खीम पुन मगर, सह संस्कृति सचिव लक्ष्मी गर्बुजा पुनमगर चयन भएका छन् ।

सदस्यहरुमा चित्र प्रकाश गर्बुजा पुन मगर, तीर्थ गर्बुजा पुन मगर, खुम पुर्जा पुन मगर, अमृत गर्बुजा पुन मगर, छक तिलिजा पुन मगर, मेशामान पुर्जा पुन मगर, गणेश बुढाथोकी पुन मगर र लिल अर्मजा पुन मगर छन् ।

यस्तै युवा अध्यक्षमा प्रकाश चोचाङ्गी र सचिव कमल पाइजा पुन मगर चयन भएका छन् ।

महिला संयोजक बिमला गर्बुजा पुन मगर, सदस्यहरुमा मिनकुमारी पुर्जा पुन मगर, पूर्णमाया राम्जाली पुन मगर चयन भएको निर्वाचन समितिले जनाएको छ । युवा र महिला समिति पन मगर समाज यूकेको नवनिर्वाचित समितिको पहिलो बैठकले गठन गर्ने जानकारी नवनिर्वाचित अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगर जानकारी गराएका छन्उ ।

निर्वाचन समितिको अध्यक्षमा क्याप्टेन कृष्ण पुन, सचिव तेज राम्जाली र सदस्यमा गणेश बुढाथोकी थिए । नवनिर्वाचित कमिटीलाई आइतबार नै पद तथा गोपनियताको शपथ खुवाइएको छ भने निर्वाचित प्रमाणपत्र दिइएको छ ।

फोटो- बिल पुर्जा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!