कथा: मैतेको जिन्दगीको भोगाइ

SHARE:

जित बुढाथोकी छन्त्याल-बेलायत

सानो खरले छाएको छाप्रोमा जन्मेको मैते, उस्को बाल्यकाल धुलो र हिलोमै खेलेर बित्यो। उस्को उमेरका साथीहरू झोला बोकेर स्कुल पढ्न जान्थ्यो तर उ सानैदेखीबरियो र ऑसी बोकेर घॉस दाउरा काट्न बनतिर जानुपर्थ्यो। मैतेको उमेरका साथीहरूको हातमा किताब कापी कलमको झोला हुन्थ्यो तर मैतेको साथमा सानै उमेरबाटहलो, डोको,कोदालो ऑसी र बरियो हुन्थ्यो। स्कुलको मैदान कहिल्यै नटेकेको, मैते मात्र ताढाबाट स्कुलको भवन देखेको। लाग्थ्यो पढ्ने भनेको के होला? मपनी एकदिन जान पाए कस्तो हुँदो हो। कलमले के लेख्ने होला कसरी लेख्ने होला। मैले बोलेको कुराहरु लेख्ने मिल्छ होला कि मिल्दैन होला यस्तै कुराहरु सोंचिरहन्थ्यो मैते। तर घरमा काम गर्ने कोही छैन। बाहिरको काम गर्न आमा बाबा दुबैले सक्दैनथे। मैते लाम्ते बुढाका बुढेसकालमा जन्मेको एक्लो सन्तान थियो। मैतेको बाबा उमेरले ६० बर्ष पार गरेका नशेवाज अनी आमा दिर्घरोगी गॉउकै झॉक्री धामीको विधिले उपचार गरेको सञ्चो कहिल्यै नभएको। स्वास्थ्य चौकी ताढा थियोउपचार गर्ने पैसापनी थिएन। मैतेले कसैको सुनेकै भरमा वन्य जडीबुटी खोजेर दिनहुँ आमालाई खुवाईदिन्थे तैपनी सञ्चो हुँदैनथ्य। बाबा रक्सीको भोगी,रक्सीविना जिउ काम अनि रक्सी खाएपछी मुख चल्छ तर जिउ चल्दैन,मातेपछी पिसाबले आफ्नो खाँडी भिजाएकोपनी थाहा पाउदैनथ्यो।

उस्को सेतो खाँडी मैलो भएर कालो देखिन्थ्यो।धुनलाई साबुन थिएन राम्रो घाम लागेको दिनमा त्यो खाँडी खरानी पानीमा उमालेर धुनुपर्दथ्यो। बाबालाई रक्सी नभै नहुने किनेर पुर्याउन नसक्ने भएकोले आमाले घरमै सकी नसकी बलेनीकै पानी जम्मा गरेर भएपनीरक्सी बनाउनुपर्थ्यो। मैतेले पाखे बारीमा कोदो रोपेको थियो तर झार उम्रेर कोदोको विरुवा भन्दा अग्लो झार भएको थियो। अरु छिमेकीहरु सबैले उनीहरुको खेतको झार फालिसके तरमैते एक्लै काम गर्दा गर्दैपनी भ्याउन सकेको थिएन।उस्को घरमा घाम पर्दा सुर्यको किरण भित्रै छिर्थ्यो अनी पानी पर्दा चुहेर चुलोको आगो निभाउदै चुलो हुँदै पानीको कुलोबग्थ्यो। लामो लामो काठको सुकेको बलोले अठ्याएर राखेको खरले छाएको छानो थियो।मुसलधारे पानी पर्थ्यो तिव्र गतीमा हावा हुरी चल्थ्यो,खरको छानो हावा हुरीले उडाउन खोज्थ्यो, अनी मैते पानीको वर्षा खेप्दै हावा हुरीको वेग झेल्दै त्यही पुरानो काठको खॉबो र बलो समाएर छानो अड्याउदै बस्नुपर्थ्यो। अगेनाको छेउमै बुढी आमा काम्लो ओढेर घोप्टो परेर बसेको हुन्थ्यो वृद्द बाबा रक्सीले मातेर बुढीलाई गन्गन् गर्दै खाली प्यालामा रक्सी थप्दे भन्दै जिब्रो लर्बराउदै गनगनगर्दथ्यो। मैतेको सुत्दा,उठ्दा होस् अथवा काम गर्दानै होस्,पहिरिने एकसोरो कपडामात्र हुन्थ्यो पानीले भिजाउथ्यो फेर्ने कपदा थिएन आफ्नै ऑङ्मा भिज्थ्यो अनी आफ्नै शरिरमा ओभिन्थ्यो। घरमा छुट्टा छुट्टै कोठा थिएन,बस्ने,खाने,सुत्ने सबै यौटै कोठामा गर्थ्यो। एक आपसमा दिनभरीका सुख दु:खका कुरा गर्दै सुत्थ्यो।छानोको खरभित्र मुसाहरु चॉचॉ चुँचुँ गर्थ्यो,कहिलेकहीँ मुसाका खुइले बच्चा छानोबाट सुतिरहेको ओछ्यानमै खस्थ्यो।छिमेकीका कुकुर रातभरि भुकिरहन्थ्यो।मैते कहिलेकहीँ के के सोंच्छ निदाउन सक्दैनथ्यो।

काम्लोभित्रबाट मुख निकालेर बाहीर नजर डुलाउथ्यो,निस्पत अँधेरोमा जुनकिरी तिरीमीरी गर्दै उडेको देखिन्थ्यो। तल खोलासुसाउदै बगेको एकनासको ध्वनी कानमै आउथ्यो। बाहीर पानी परेको समय सुतिरहेको बेलामा आफ्नै मुखमा पानीको बाच्छिता पर्थ्यो मैते बिहानै उठेर घाम उदाउनु पहिलेनै मकै भुटेर खॉदै कामतिर जान्थ्यो अनी घाम अस्ताएपछीफर्केर घर आईपुग्थ्यो।आमाले बनाएको रुखो सुखो खाना खान्थ्यो पानी सकिन्थ्यो।हात धुनैपर्यो मुख चुत्नैपर्यो भॉडा माझ्नैपर्यो।पानी लिन पधेंरीमा जानपर्थ्यो,झमक्कै सॉझ परेको बाहिर लहरे झरी परिरहेको हुन्थ्यो।पानी ल्याउन मैते आफै जानुपर्थ्यो,पँधेरी धेरै ताधा थिय। कामबाट थाकेर आएकोले अल्छी मान्थ्यो।त्यसैले मैते आमालेजम्मा गरेको बलेनीको पानीले हात धुने भॉडा माझ्ने गर्थ्यो।घरमा एक हल गोरु पालेको थियो। मैतेले आफ्नो पाखे बारी जोतेर उ अरु गाउॅलेको खेतमा जोत्न जान्थ्यो काम गरेपछी पाउने पारिश्रमिकले घरको गुजाराचलाउनुपर्थ्यो।भिरालो पाखे बारीमा राम्रो उब्जनी हुँदैनथ्यो। उस्को खेतको अन्नले खानपनी पुग्दैनथ्यो।दुध दुहुने गाई भैसी थिएन मल अनी जोत्नकोलागी एक हल गोरु पाखे बारीमाबॉधेको थियो।

सॉझ खाएपछी बिहान खाने हुँदैनथ्यो।खानाको जोहो मिलाउन साहुकोमा मागेर पाईंदैनथ्यो। घरको काम गर्नु पर्थ्यो कामपनी नपाए जंगल पसेर वन्यफलफुल,कन्दमुलको खोजी गर्नुपर्थ्यो कि भने खेतको कान्लातिर सिस्नु तिप्नुपर्थ्यो।बिस्तराको सिरानीको भागतिर काठको मुढा तेर्साएर भॉडाकुँडा राख्ने(भनालो)बनाएको थिय। जहॉ मकै भुट्ने फलामकोकालो भएको भॉडा तावा(झॉङ्ङा) सिल्तेको बेनालो(ताप्के) पानी राख्ने प्लास्टिकको गाग्रो जॉड राख्ने माटोको घैंटो दुई चारओटा सिल्तेको कुच्चेको बिट फाटेको थालअनी सिल्तेकै बेन (बिँड) फुक्लेको प्याला थियो।बिस्तराको छेउमै भएको चुलोमा पकाउने अन्न पाए आगो बल्छ नत्र बल्दैनथियो। जोहो गरेर थैलोमा राखेको पुरानो अन्नपनी केही मुसाले खाने केही बाबालाई रक्सी बनाउने गरेर सकिएको हुन्थ्यो।खरानी खोस्रे त्यही खरानीको गर्भभित्र रातो आगोको भुग्रो भेटिन्थ्यो आगो बलेको धुवॉ निस्के त्यो घरमा खाना पाक्यो नत्र पाकेन भन्ने गाउँलेलाई सहजै थाहा हुन्थ्यो। घरभित्र पुरानो टुकी थियो तर टुकीमा मत्तितेल थिए। पुरानो गुन्द्री थियो तर गुन्द्रीमा बिछ्याउने काम्लो कम्बल् थिएन।सुत्दा ओढ्ने पुरानो फाटेको कपडा र लुङ्गीहरुले बनाएको भोक्ता (सिरक) थियो भोक्तापनी पानी पर्दा बाछिटालेभिजाउथ्यो जहीले दिउँसो घाम लाग्छ त्यही दिन बाहिर सुकाउनुपर्थ्यो।
मेटेको खुत्तामा लगाउने जुत्ता चप्पल थिएन खाली खुट्टा थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!