कविता : थप्पड मात्र किन ?

SHARE:

राष्ट्रियताको लागि डम्फू बजाउने नेताहरु
न त राष्ट्रियता बचाउँछन्
न त विदेशीको हस्तक्षेप नै रोक्छन्
यस्ता राष्ट्रविरोधी नेताहरुलाई थप्पड मात्र किन ?
बक्सिङ पनि हान्नुपर्छ ।

सहमतिको लागि ढ्यांग्रो ठटाउने नेताहरु
न त सहमति नै कायम गर्छन्
न त संविधान नै कार्यान्वयन गर्छन्
त्यस्ता शंकालु नेतालाई
बक्सिङ मात्र किन ?
लात्तीले पनि हान्‍नुपर्छ ।

स्थिर सरकारको लागि ढोल ठटाउने नेताहरु
न त स्थिर सरकार नै बचाउँछन्
न त पार्टी नै बचाउँछन्
त्यस्ता पार्टी फुटाउने नेतालाई
लात्ती मात्र किन ?
फुटबल पनि खेल्नुपर्छ ।

भ्रष्टाचार शून्य सहनशीलता भनी वकालत गर्ने नेताहरु
न त तस्करी नै रोक्छन्
न त भ्रटाचार नै रोक्छन्
त्यस्ता भ्रष्टाचारी नेतालाई
फुटबल मात्र किन ?
सर्वस्वसहित जन्मकैद गर्नुपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!