मोहन आचार्य जलद लन्डन बेलायत ।

जीवनमा सोच्दै नसोचेको कुरा पनि भोग्नु परिरहेको छ ।
जस्लाई मैले म सानी हुदाँ देखिनै घृणा र अपमान गरेकी थिएँ । यो कुरा सपनामा पनि सोचेकी थिइन् । हुने हुनामी टारेर र्टर्दैन भन्थे सांच्चै रहेछ । निर्मला दिदी तपाईँले देखें भोगेका कुरा सुनाउनु हुन्थ्यो । आज मेरो जीवन पनि एक नाटक जस्तै लागिरहेछ । समय र परिस्थतिले मानिसलाइ दास र कम्जोर त कहिले बलवान पनि बनाउँदो रहेछ ।
तपाई चिन्नु हुन्छ नि बेलबोटे केशवलाई ? ऊ त्यो बेलामा न आएको भए शायद निर्मलाको जस्तो नियति भोग्नु पर्थ्यो । केही लफंगा गुण्डाले पिछा गरिरहेको पाएँ आमाबाबुको कुरा नमान्दा एउटी किशोरी कसोरी बलात्कृत हुन्छे यो मेरो तितो यथार्थ अनुभव थियो । केशवले धेरै पल्ट मसँग कुरा गर्न खोजेको महसुस गर्थे तर मेरो जिद्दिपनले हचकिन्थ्यो ।
निर्मला दिदी चुपचाप सृजनाको कुरा सुनी रहन्थिन केही जवाफ दिदैंनथिन । ही निर्मला दिदी शहरको केटा माग्न आउने कुरा सुनेकी छु खै कस्तो खालको होला मेरो कुरा सुन्ला कि नसुन्ला ? धेरैं धनी छ रे खै कस्तो हुने हो मनमा डर लाग्दैछ ।
सृजना एक्लै फतफताई रहेकोले दिक्क लागेर निर्मला आफ्नो कोठा तिर लाग्छिन् । समय बित्दै जान्छ । आज सृजनाको जीवन उथल पुथल भएको छ । विबाह गरेको वर्ष दिन नपुग्दै शहरको रहनसहनले उस्लाई भड्किलो बनायो । सासू ससुरा बुहारीको चर्तीकला देखेर अत्यन्त दुःखित भए । जनक कहिले काहीँ घर आउँथ्यो ।
जनकले विवाहको कारण आफ्नो परिचय गुमाउने स्थिति आइसकेको बुझ्यो र आमा बाबाको बीचमा छोडेर ऊ परदेशिन पुग्यो । सवैले भन्ने गर्थे उ प्रेमील जीवनमा रमाउने केटा हो । जनक आफ्नो पुरानी केटी साथीलाई भुल्न सकेको थिएन । सबै जनाबाट अपहेलित हुदाको पिडा कता कता घोच्दै थियो । म यहाँ बस्नु भनेको केवल आमा बाबाको लागि शान्ति देखिने हो तर मेरो जीवन दिन प्रतिदिन नरक समान हुदै जानेछ ।
आज अचानक छोरी श्रृजना बिवाहमा दिएका आफ्ना सारा सामान लिएर फर्कदा सृजनाका आमा बाबाको सातो पुतलो गयो । जुन कल्पना भन्दा टाढाको कुरा थियो । निर्मला दिदी भक्कानिँदै नजीक आएर सोधिन किन बौलायौ श्रृजना नारीको जीवनको खेमा आदर्श र लक्ष्मन रेखा सुनेकी छ्यौ ? तिमीले ठिक गरिनौ
गाउँ बस्तीमा तथानाम कुरा काटिए । मर्नु र बाँच्नु को संघारमा पुगेकी थिइन् । नभन्दै एकदिन सांझ पख हातमा डोरी लिएर गाउँको फूलबारी तीर लाग्दै थिइन । केशवको मनमा चीसो पस्यो आज सृजनाको मूड ठीक छैन कतै ज्यान हाल्न हिँडेकी त होइनन् ? लुक्दै छिप्दै केशव सृजनाको पिछा लाग्दै गए । नभन्दै एउटा खनियाको रुखमा चढ्न खोजिन् पटक पटक खसिन ।
डोरी थियो हँसिया थिएन मर्नुको उदेश्य बोकेर हिँडेको अवस्था थियो । जसै खनियाको रुखमा डोरीले बाँधेर घाँटीमा लाग्दै थिइन । सृजना तिमीले यो के गरेको ? तिमीले आफ्नो जीवन यसरी नष्ट गर्न पाउदिनौ । छिट्टो ओर्ल । भक्कानिँदै उनि केशवको बाहुपासमा कसिन पुग्छिन् । केशव मलाई मर्न देऊ किन बचाउँछौ ? म तिम्रो को हुँ र ?
सृजना तिमीले मलाई छोडेर जान पाउने छैनौ । आज देखि तिमी मेरी भएकी छ्यौ चूपचाप मेरो घर हिड यो सपना थिएन तितो यथार्थ र बिपना थियो । गाउँमा आज खुशीको माहौल छाएको छ । सृजनाको पुनर विबाह हुँदै थियोे ।






