डाइमण्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा प्रवेश कार्यक्रम सम्‍पन्‍न

SHARE:

लन्डन भदौ ११ । डाइमण्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा प्रवेश कार्यक्रम सम्‍पन्‍न भएको छ ।

विलविच लन्डनमा एक कार्यक्रमबीच शुक्रबार अगस्ट २७ तारिखका दिन शुभसाइत पारी गुम्बा प्रवेश कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार बिहान ९ बजे ५ जना कन्याहरु र अध्यक्ष सुमलकुमार गुरुङले गुम्बामा चाबी खोलेर दिप प्रज्वलन गरेको र सोही बेला पोखराबाट मुलगुरु थुक्तेन खेम्पो शिर लम गुरुङले अष्ट मंगल वाचन गरी गोम्बा प्रवेश भएको डाइमण्ड बुद्धिस्ट सेन्टर यूकेका महासचिव योगेश गुरुङले जानकारी दिए ।

गुम्बा खरिदका लागि करिब ४ लाख पाउन्ड संकलन भएको र त्यसमध्ये २ लाख ८३ हजार ५ सय पाउन्डबा गुम्बा खरिद गरिएको महासचिव गुरुङले जनाए । गुम्बा खरिदका लागि तीन हप्तामै करिब तीन लाख पाउन्ड जम्मा भएको स्मरण उनले गराए । उनका अनुसार गुम्बाको हलमा झन्डै सय जना अट्ने क्षमता रहेको छ ।

महासचिव गुरुङले सन् २०१६ मा स्थापना भएको डाइमन्ड बुद्धिस्ट सेन्टर यूकेका आजीवन सदस्यहरु ३५० जनाभन्दा धेरै र ट्रस्ट पनि १०० जनाभन्दा धेरै रहेको बताए । जसमा गुरुङ, मगर, श्रेष्ठ, छन्त्याल, शेर्पा, तामाङलगायत जातिको सहभागी रहेको छ ।

लक्ष्यभन्दा १ लाख १५ हजार पाउन्ड बढी उठेको र निर्ब्याजी ऋण ८२ हजार पाउन्ड समेत प्राप्त भएको महासचिव गुरुङले जनाए । सहयोग संकलन र कार्यक्रम आयोजनाका लागि अध्यक्ष लगायत कोषाध्यक्ष सुर्ज गुरुङ, आमा प्रमुख उपाध्यक्ष मिना गुरुङ, उपाध्यक्ष हित मान गुरुङ, सचिव हेम छन्त्याल, सहकोषाध्यक्ष सुशील प्रजापती लगायत सबैजनाको योगदान रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!