लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको गुम्बा भवन निर्माणका लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
गुम्बा परिवारका विशेष पदाधिकारीहरुबाट समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिरलामा गुरुङलाई बुद्ध जयन्तीको पुण्य दिन बेलायतमै भूमिदान सहयोग रकम हस्तान्तरण गरिएको हो । सोही अवसरमा रेडिङ गुम्बामा आवद्ध धेरै जनाले व्यक्तिगत रुपमा भूमिदान सहयोग गरेको समाजका अध्यक्ष खेन्पो शिरलामाले आइतबार जानकारी दिए ।
गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय गुम्बा भवनको काठमाडौंमा शिलान्यास गरिइसकेको छ ।







