‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन

SHARE:

लन्डन भदौ १३ । बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा सम्पादित पुस्तक ‘बेलायतमा नेपाली गीत’ विमोचन भएको छ ।

आइतबार लन्डनमा आयोजित नेपाली मेलामा प्रमुख प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङले उक्त पुस्तक लोकार्पण गरेका हुन् । त्यसक्रममा सम्पादक गुरुङलाई तमुधिं यूकेका अध्यक्ष गुरुङ र राजदूत रेग्मीले खादा लगाएर बधाई दिएका थिए ।

पुस्तकमा अधिकांश बेलायतवासी गीतकार एवं स्रष्टाका गरी करिब ८० जनाका सिर्जना समेटिएको छ ।

गुरुङ साहित्यिक मञ्‍च नेपालले प्रकाशन गरेको पुस्तक मध्यपुर नाइन प्रेसमा छपाई गरेको हो । पहिलो संस्करणमा ६ सय प्रति प्रकाशित छ ।

पुस्तक नि:शुल्क रुपमा वितरण गरिने सम्पादक गुरुङले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!