
कथा-लाटीकी लोक्ने
जित बुढाथोकी छन्त्याल
पहादको विकट ठाउँमा चारैतिर डॉडाकाँडाले छेकेको घना जंगलको छेउमा रहेको सानो गाउँ।जहॉ अल्पसंख्यामा रहेका बासिन्दा अनी राज्य निकायबाट वञ्चित रहेका राजनितीको पहुँचले नभेटिएका जनता।
गाउँको आफ्नै रीतिरिवाज र नीति नियम थियो,समाजको सानो ठुलो काम गर्ने समाजले चुनेको अध्यक्ष जो गाउँकै अनुभवी मानिन्थ्यो र सबैले सम्मान गर्थे जय जयकार गर्थे।
गाउँको अध्यक्ष हुनुमा आफुलाई निकै गर्व गर्थ्यो।अनि त्यही गाउमा एउटा साधारण परिवारमा जन्मेकी लाटी थिईन्,उनी बोल्न सुन्न नसक्ने दिमागले राम्रो काम नगर्ने,यहॉसम्म कि हातको ईसारापनी नबुझ्ने तर आँखा देख्ने र हिँड्न सक्ने शारिरीक परिपक्व बनेकी।
तर लाटीलाई कपडापनि अरुले लगाईदिनु पर्थ्यो,कहिले कहीँ लगाएको कपडा खोलेर नाङ्गै बनेर हिँड्थ्यो।
बाबा आमालाई उस्को हेरचाह गर्न कामले फुर्सद हुँदैनथ्यो र मासिक रजश्वाला हुँदापनी रगत पोटिएको शरिर नाङ्गै हिँड्ने गर्थ्यो।
बाबा आमाले देखेपछी मात्र उस्को शरिर सफा गरेर कपडा लगाईदिन्थ्यो।
छोरी लाटी जन्मेकोमा बाबा आमालाई सधैँ चिन्ता हुन्थ्यो।त्यसैमा उमेर पुगेकी छोरीलाई कसैले अनैतिक व्यवहार गर्ने अर्को ठुलो चिन्ता थियो।
तर एक दिन जे नहोस् भन्ने हुन्थ्यो त्यही भयो,
लाटीको शारिरीक बनौटमा फरक् आउन थाल्यो,विस्तारै पेट फुल्न थाल्यो स्तन ठुलो हुँदै गयो अनुहारमा चॉया देखिन थाल्यो।
अनी बाबा आमालाई शंका हुन थाल्योकी छोरी गर्भवती भएछ।
व्याकुलताले छत्पताउछन् आमा कुन नृपशुले अपराध गर्यो यो अबोधमाथी भन्दै गाली-गलौज गर्न थाल्छिन् तर कस्ले गर्यो छोरीले भन्ने कुरै भएन।
अनी लाटीकी बाबाले समाजको अध्यक्षसामु न्याय माग्दै दर्खास्त लेखेर दिए।
केही दिनपछी अध्यक्षकै घरमा छल्फलकोलागी सभा गरे,गाउँका सबैलाई बोलाए र सोधपुछ गरे।
कोहीपनी मैले हो भनेर अगादी आएनन्,लाटीले केही भन्ने कुरै भएन निकै जटिल थियो न्याय पाउन।
अध्यक्षले गाउँका सबै पुरुषहरुलाई जम्मा गरेर सबैलाई भन्ने गर्थ्यो अपराध गरेपछी सँजाय भोग्न तयार हुनुपर्छ दोषीलाई पानीमुनी लुकेपनी निकाल्छौं बरु अगादी आएर मैले गल्ति गरेँ भन म कम सँजाय गर्नेछु।
नत्र पछि गएर कानुनले झनै कडा सँजाय दिनेछ जेलको चिसो भुँईमा सुत्नुभन्दा हामी गाउँमै मिलाउछौं कस्ले गरेको नढॉटी भन भन्दैथियो।
अनि लाटीको बा आमालाई कसैप्रती शंका भए भन्नुस भन्थे,तर नदेखेको कुरा कस्लाई शंका गर्नु
हजुर यत्ति हो शंका त पुरुषहरु सबैप्रती छानविन गर्नु पर्यो भनेपछि अध्यक्षले कुनै प्रमाणविना केही गर्न नसक्ने भन्दै बसेको कचहरी विना निष्कर्ष स्थगित गरौं भने।
तर लाटीका बाबा आमालाई यो कुराले झनै पिरोल्यो।
अनि भन्न थाले न्याय नपाएसम्म हामी स्थगित गर्न मञ्जुर छैनौ,जसरीपनी पत्ता लगाएर दोषीलाई कार्वाही हुनपर्यो भन्दै अनुरोध गरेपछी अध्यक्षले त्यसो भए भोली फेरी बैठक बसौंला आज ढिलापनी भैसक्यो भनेर सबैलाई बिदा गरे।
त्यही दिनको सॉझ अध्यक्ष लाटीको घरमा आएर बाबा आमालाई लाटीले बोल्न सक्दैन,
उस्ले नबोलेसम्म म हुँ भनेरपनी कोही अगादी निस्किँदैन,कुनै प्रमाणविना कसैलाई सजॉय गर्नपनी मिल्दैन,बरु अस्पताल लगेर लाटीको गर्भपतन गराईदेऊ।
लाटीले जन्माएपनी पाल्न सक्दैन झन दु:ख हुन्छ,अस्पतालको खर्चमापनी हामी सहयोग गरौंला भोली समाजमा यही कुरा पारित गरौंला है भन्दै केही बेरसम्म सल्लाह गरेर लाटीकै नजिक हुँदै बाहिर निस्किँदै थिए अध्यक्ष।
यतिकैमा लाती भुँईमा लम्पसार पर्छ, किनकी पटक पटकको करणीपछी उ अध्यक्षको अघी यस्तै गर्ने बानी परिसकेको थियो।
तर यसरी लाटी छोरी अध्यक्षको नजिक पर्दा किन यसरी लम्पसार परिन् कि ….. बाबालाई शंका लाग्न थाल्यो,अपराधीले निशाना छोड्छ भन्थे यही त हैन?
अध्यक्ष यो सॉझमा आएर गर्भपात गर भन्नु
पैसाको सहयोग हामी गरौंला भन्नुमापनी सहानुभूति भन्दा मनोद्वेगले बोलेको जस्तो लाग्यो।
यस्को रहस्य के रैछ भनेर बुझ्न कुनै जुक्ति सोंचे बाबाले।
भोलीपल्ट अध्यक्षकै घरमा फेरी कचहरी भैरहेको थियो, त्यहॉपनी अध्यक्षले गाउँका सबैलाई बोलाएका थिए कसैले गल्ति स्विकारेर अगादी कोही आएन अनी गर्भपतन गराईदिँऊ अरु कुनै उपाय भएन भनेर सुनाए।
त्यसपछी लाटीको बाबाले अलिकती आक्रोश हुँदै मेरो छोरी लाटी हुनु उस्को गल्ति हैन,कम्जोर हुनु उस्को रहर हैन,तर उस्को कम्जोरीको फाईदा उठाउने अपराधी हो, म छोरीको बाउ होनी उस्को भावनाको महसुस् गर्न सक्छु,भोकाउदा खाना दिए आफै खान्छ,पानी दिए पिउछ,उस्लाईपनी निद्रा लाग्छ र सुत्छ यस्को हाउभाउ मैले राम्रोसँग बुझ्छु किनकी म बाबा हुँ।
यदी हजुरहरुले सहमती जनाउनु हुन्छ भने म आफै पत्ता लगाउछु भने,सबैले उत्सुकतासाथ हुन्छ हामी मञ्जुर छौं भन्दै सहमती जनाए।
त्यसपछी आफ्नी लाटी छोरीको छेउतिर सबै पुरुषलाई पालैपालो गरी लगे,
तर कुनै प्रतिक्रिया आएन त्यसपछी अध्यक्षलाईपनी बोलाए जब अध्यक्ष आए लाटी फेरी लम्पसार परे त्यसपछी क्रमशः फेरी एक एक गर्दै त्यही प्रक्रिया दोहोर्याए परिणाम उस्तै भयो।
अनी बाबाले अध्यक्षलाई तपॉईले यस्को बलत्कार गर्नुभएछ दोषी तपॉईनै हो अरूसँग नगर्ने व्यवहार तपाँईसँग गर्यो देख्नु भो?
जङ्गिए अध्यक्ष- के भन्दैछौ है! लाटीका बा!
म अध्यक्ष हुँ! म अरूभन्दा ठुलो मान्छे भएर सम्मान गर्या होलानी,मलाई उल्टो दोष नलगाऊ फेरी तिम्रै विरुद्द मैले मुद्दा हाल्न नपरोस्।
बाबा- लाटीलाई को अध्यक्ष?
को सदस्य?को सचीव?
को जनता? के असल?
के खराब? उस्लाई के थाहा हुन्छ?
तर उस्ले तातो चिसो महसुस गर्न सक्छ,मिठो नमिठो थाहा पाउछ भने भोक लाग्दा दिएको आफै खान सक्छ भने उ निर्जिव त हैननी भन्दै कराए।
यो हर्कत पक्कै तिम्रै हो भनेपछी त्यहॉ उपस्थित सबैले पहिले त हैन होला भन्थे,तर बाबाले हेर गाउँलेहरु अपराध भएको छ,तिमीहरु कसैसँग
नगर्ने हाउभाउ त अध्यक्षसँग गर्छ भने त्यसै त गरे
न होलानी?
कि तपॉईहरु मध्य कसैले गरेको हो?
हो भने किन लुक्नुहुन्छ?
चमत्कार भएर गर्भ बसेको त हैननी बलत्कार भएर गर्भ बसेको छ।
अब ऑखामा पट्टी लगाएर बसेपछी केही देख्दैनौ सबैले आ-आफ्नो दिमागको बिर्को खोलेर सोचौँ जस्लाई हामीले सम्मान दियो उसैले यस्तो अनैतिक कार्य गरेको हो भन्ने छर्लङ्ग भैसक्यो।
त्यसपछी गाउँलेहरुले लाटीको बाबाको समर्थन गर्दै अध्यक्षज्यू के हो पारा? हामी देउता सम्झिँयौं तपॉई त दानव निस्किनु भोनी।
घरमा श्रीमती छोरा हुँदा-हुँदै किन यस्तो गरेको?अब तपॉईले स्विकार्नुस् लाटीलाई।
तिमी अब लाटीकी लाग्ने हुँ भनेर स्विकार्नुस् हैन भने यो गाउँमा तपॉईलाई बस्न दिदैंनौ यस्तो घिन लाग्दो हर्कत गर्ने मान्छे छी: छी: भन्दै सबैले आक्रोस पोखे।
अध्यक्ष-मैले यस्तो कहॉ गर्नसक्छु?
मसँग यस्तो कुरा नगर?
लाटीका बाबा भन्नुहुन्छ अब तपॉईनै हो भन्ने प्रमाणित भैसक्यो अपराध स्विकार्नुस् र लाटीलाई श्रीमती बनाउनुस् बच्चालाई पाल्नुस् हामी यो भन्दा ठुलो सँजाय केही दिन सक्दैनौं।
तर अध्यक्ष हैन र छैन भन्दै जिद्दी गरेपछी कसैको केही लागेन।
त्यही राती अध्यक्षकी श्रीमतीले बुढोलाई घरमा रक्सि दिएर सम्मान गर्दै गाउँको मान्छेहरुलाई एक्लै हटाएर आएकोमा स्याबासी दिए, मेरो बुढो यस्तो उस्तो भन्दै हॉस्दै उस्को प्रशंसा गरे।
जब रक्सिले माटेको थियो अनी बुढीले सोधे कहॉ कसरी लाटीसंग यौनसम्पर्क गर्यो बुढा?
बुढा-किन चाहियो तिम्लाई?
बुढी-हैन सोध्यानी तिमी मात्रै हो र?
सबै पुरुषहरुले भुल गर्छन्
जे गर्यौ ठिक गर्यौ अझ लाटीलाई सम्हाल्नु रे!
त्यो लाटीलाई लिएर हामी किन पाल्नुनी हैन त बुढो?
बरु हजुरले मलाई सत्य भनन नत्र मलाई मनमा खुल्दुली रहन्छनी,सत्य भन्नुस् तिमीमाथी झन गर्व लाग्नेछ,झुठो बोल्यौ भने तिमीसँग मलाई विश्वास कम हुन्छनी बुढा।
यति भनेपछी बुढोलाई महसुस् भयो की श्रीमतीलाई गुनासो रहेनछ भनेर
अनी भन्नथाले त्यही त होनी रक्सिले मातेको बेला जोश आयो होश आएन,
यस्तो होला भन्ने सोंचाईपनी आएन,
बाटोमा नाङ्गै भेटेथें अनी आफैलाई सम्हाल्न सकिएन बुढी।
अब भने बुढीले जे बुझ्न चाहेको थियो त्यो पुरा भयो।त्यस्पछी बुढालाई सुताए अनी आफ्नो सामान टिपेर बुढालाई छोडेर आफ्नो छोरालाई लगेर भागिन्।
जॉदा बाटोमा भेत्नेहरुलाई ल लाटीको लोक्ने त्यही अध्यक्षनै हो म त सौता बनेर घर बस्न सक्दैन त्यही लाटीलाई भित्र्याईदेउ भन्दै गए।
भोलीपल्ट बिहान अध्यक्ष बिउँझिदा घरमा कोही देखेन बाहिर निस्किन्छ कहीँ छैन,पछी गाउँका छिमेकीले अध्यक्षज्यू श्रीमती छोरा लगेर भागेर गईन् अब लाटीलाई भित्र्याउनु रे।
तब अध्यक्षलाई होश आयोकी श्रीमतीले रक्सि खुवाएर फकाई फुलाई आफ्नो मुखबाट सत्य कुरा ओकालेको भनेर।
तरपनी कसैले भनेको कहॉ मान्छ ऊ।
भन्दै थिए मलाई छोडेर जानेलाई शुभकामना!
तर म न लाटीलाई ल्याउछु न छोडी जानेलाई,
मलाई लाटीकी लोक्ने बन्नुछैन बरु एक्लै बसिन्छ भन्दै कराउदै हिँड्थे।
उस्को अघी गाउँलेहरुको केही नलागेपछी गाउँलेहरुले सल्लाह गरे अब हामीले विद्वान सम्झेको मान्छे यस्तो मूर्ख रहेछ,यस्लाई हामी अध्यक्ष मान्नु हुँदैन हामी अध्यक्षनै नयॉ बनाउनु पर्छ भनेर उनीहरुको सल्लाह अनुसार अध्यक्ष अर्कै व्यक्तिलाई रोजे।
समयहरु बित्दै गए लाटीलेपनी छोरो जन्माए।
छोरोको रुप रङ्ग हेरेर सबैले भन्नथाले दुरुस्तै अध्यक्ष।
अरू भन्दापनी दाहिने खुट्टाको ६ओटा औंला समेत अध्यक्षसँगै मिल्ने।
त्यसैले फेरी छिमेकीले अन्तिम् पटक भन्दै अध्यक्षकै घर लगेर लौ हेर भू.पू.अध्यक्षज्यू तिमी हैन भन्यौ रूप रङ्ग मात्रै हैन तिम्रै अंगले मेल खायो,आखिर भगवानले सत्य देखायो।
अब नाई भन्न मिल्दैन है बच्चाको न्वारान गर भन्दै घरभित्र लगेर जान थाले,तर भू.पू.अध्यक्ष झनै आक्रोश हुँदै भने मेरो घरमा कसैले पाईला राख्ने हिक्मत नगरौं,
जाऊ यहॉ मसँग निहुँ खोज्न नआऊ भन्दै घरको ढोका लगाईदिए।
त्यसपछी लाटीकी आमाले -भो अब त अत्तिनै भयो हामीले अन्याय सहयौं,
तिम्रो अनैतिक कामको प्रतिफल आज यो बच्चा जन्मियो स्विकार गरेनौ ठिकै छ।
अबदेखी तिम्रो कुलमा बच्चा कहिल्यै नहोस् मेरो श्राप भगवानले पुर्याईदिउन् भन्दै फर्केर आए।
गाउँलेहरूलेपनी बहिष्कार गरेपछी उ समाजमा एक्लो बनेका थिए।
त्यसैले भूपू अध्यक्ष गाउँनै छोडेर भागेर गए।
समयहरु बित्दै गए लाटीकी बा आमालेनै बच्चा हुर्काए पढाएपछी नातीपनी लाहुरे भए।
छिमेकीहरू लाटीलाई लाटी नभनी लाहुरेका आमा भनेर चिन्न थाले।
उता भूपू अध्यक्षको श्रीमतीले अन्तै घरजम् गरेर बसे, दुर्भाग्यवश छोरोपनी दुर्घटनामा परेर ज्यान गुमाएको खबर पाए।
समाजमा एक्लो भएर भागेका भूपू अध्यक्ष एक्लै आफ्नो दैनिकी गर्दै जिन्दगी गुजार्न नसक्ने अबस्था भएका थिए,उमेरले पहिले जस्तै काम गर्न सक्दैनथे,उस्लाई सहारा चाहिन्थ्यो।
अनी ऊ एकदिन फर्केर गाउँमै आए अनी लाटीकी बा आमासँग मलाई माफ़ गर मैले ठुलो भूल गरेछु,
मलाई गाउँका सबैले पुजेर ठुलाबड़ा भलादमी बनाए, त्यसैले म भित्रको घमण्डले मेरो ममता र चेतना ओझेल परेको थियो।
म मेरो भूलप्रती क्षमा माग्न आएको छु,मभित्रको मरेको ममता जागेको छ, मलाई माफ गर्नुस् भन्दै शरण पर्न आए।
तर लाटीकी छोराले जन्मेदेखी अहिलेसम्म म नाजायज छोरा भएर बॉच्दै आएँ,अबपनी म यसरीनै बॉच्न सक्छु तिम्रो अवैध छोरा म तिम्रोलागी र तिमी मेरोलागी मरिसक्यौं।
अब तिम्रो स्वार्थको सम्बन्धको कुनै अर्थ रहेन जानुस् लाज पचाएर हाम्रोसामु नआउनुस् भन्दै हप्काएर पठाए।
अध्यक्षपनी हुन्छ मैले गरेको गल्ति माफी पाउन लायककोपनी छैन थाहा छ।
तैपनी मेरो आत्मगलानी ले म आएँ तिमीहरूलाई देखें,आफैलाई भारी भएको मनको बोझ केही हल्का भयो म जान्छु भन्दै गहभरी आँसू बनाउदै निस्किए।
अनी लाटीकी आमाले हिजो तिम्ले छोरा स्विकारेनौ आज छोराले तिम्लाई स्विकारेन तरपनी रगतको नाटा छ तिमीहरूको ढिला भएपनी होश आएछ
पश्चाताप गर्यौ।
तिम्रो जस्तो निच चरित्र अनी दया माया नभएको हामी हैनौ,तिमी बस्न सक्छौ,छोरालाई म सम्झाउछु मान्छेबाट भूल हुन्छ भूल स्विकारेछी माफी दिन हामी तयार छौं,
तर मेरो छोरीलाई सिन्दुर हालेर श्रीमतीको ईज्जत दिन सक्छौ भने।
यो सुनेपछी भूपू अध्यक्षले हुन्छ म तयार छु भन्दै लाटीलाई सिन्दुर हालेर चलन अनुसारको बिबाह गरे।
त्यस्पछी सबै मिलेर बस्न थाले लाटीकी लोग्नेले
लाटीलाई धेरै माया गर्न थाले यसरी जीवन सहज तरिकाले चल्न थाले।






