लन्डनको ग्रीनवीच बरोमा मनाइयो दसैं तिहार

SHARE:

लन्डन अक्टोबर १८ । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को आयोजनामा वुल्लिचस्थित मुलग्रेभ प्राइमरी स्कुलमा सयौं नेपालीहरुको सहभागितामा शुभकामना आदानप्रदान र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्‍न भएको छ ।

आरजीएनएस अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि ग्रीनवीच बरोकी मेयर डेनिस हाइल्याण्ड, विशेष अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, आरजीएनएस अध्यक्ष रानाभाट लगायतले संयुक्त रुपमा शुभारम्भ गरेका थिए । पण्डित ज्योतिषी निलहरि घिमिरेले मन्त्रोच्चारणसहित स्वस्तिवाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ग्रीनवीच बरोकी मेयर डेनिस हाइल्याण्डले शुभकामना मन्तव्य दिंदै नेपालीहरुको आफ्नो मौलिकता र संस्कृतिप्रतिको प्रेम सबैका लागि अनुकरणीय रहेको बताइन् ।

ग्रीनवीच बरोभित्र स्थानीय नेपाली समुदाय एक महत्वपूर्ण र अभिन्न हिस्साका रुपमा रहेको भन्दै मेयर हाइल्याण्डले सामाजिक रुपमा नेपालीहरुले पुर्याउँदै आएको योगदानको प्रशंसा पनि गरिन् । विशेष अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले बेलायतको नेपाली समुदायमा साउथ इष्ट लन्डन र ग्रीनवीच क्षेत्रका नेपालीहरुको भूमिका सदैव अग्रणी रहँदै आएको स्मरण गरे । बेलायतवासी सबै नेपालीहरुको भावना र चाहनाअनुरुप एनआरएनए यूकेलाई अगाडि बढाउन क्रियाशिल रहेको जनाउँदै उनले आरजीएनएसजस्ता संस्थाहरुसंग सहकार्य गर्न आफू तत्पर रहेको जनाए ।

आयोजक आरजीएनएसका अध्यक्ष रानाभाटले दशैंतिहार जस्ता पर्वहरुको अवसरलाई सदुपयोग गर्दै स्थानीय नेपालीहरुबीच जमघट, घुलमिल र शुभकामना आदानप्रदान गराउने लक्ष्य राखेर कार्यक्रम आयोजना गरिएको बताए । आरजीएनएसले बेलायतको सिंगो नेपाली समुदाय र मातृभूमि नेपालको सहयोगका लागि समेत सक्दो प्रयासहरु गर्दै आएको उनले स्मरण गराए ।

उपस्थित स्थानीय मेयर र काउन्सिलरहरुलाई स्थानीय नेपाली समुदायका आवश्यकताहरुबारे जानकारी गराउँदै उनले काउन्सिलका तर्फबाट कम्युनिटी हल उपलब्ध गराइदिन आग्रह गरे । अध्यक्ष रानाभाटले कार्यक्रमका अतिथिहरु एवम् उपस्थित सबैलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

आरजीएनएस महासचिव मञ्जु भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पुण्य रेग्मीले स्वागत मन्तव्य दिएका थिए । अंकिता ढकालले हेल्थ एण्ड सेफ्टी ब्रिफ गरेकी थिइन् । कार्यक्रममा स्थानीय ग्रीनवीच बरोका काउन्सिलरहरु , आरजीएनएसका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष शर्मिला हिराचन थकाली, सल्लाहकारहरु मोहन गुरुङ, अर्कराज तिम्सिना, सहदेव गिरी, कर्ण शाही, विनोद ज्ञवाली, सुरोज मास्के, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेल सहित विभिन्न संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवहरु अतिथिका रुपमा उपस्थित थिए । त्यसअवसरमा स्थानीयहरु गायक दीपक थापा, मीन राना, एम्बर रानाभाट, नवराज घले लगायतले गीतहरु प्रस्तुत गरेका थिए । इनास यूकेका अध्यक्ष विनोद चिपालुले मौलिक लाखे नाच देखाएका थिए ।

त्यस्तै, इनास यूकेको प्रतिनिधित्व गर्दै गायक गायिकाहरु लायन किंग टंकु, सुजन पराजुली, आवेश कुइंकेल, निल पुन, भुवन भण्डारी, दिव्यानी पराजुली लगायतले गीतहरु सुनाएका थिए भने अनिता सुनुवारले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन सुष्मिता थापा र अंकिता ढकालले गरेका थिए । अन्त्यमा डिजे हेम विष्टले नेपाली हिन्दी गीतहरुमा कार्यक्रमका सहभागीहरुलाई नचाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!