
साहित्यकार: सुनिता राई
महासचिब: विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समिति
कविता – लाउरे
इतिहासका उबड-खाबड पानाहरुमा
जितका अनेकन गाथाहरुमा
कतै गा…s…डा रङ्गले पोतिएको
देखेउ भने
सम्झिनु
त्यो लाउरेको रगतले लेखिएको हो
मानव इतिहासको हृदय कपाउने
बेहिसाब ऐतिहासिक घाउहरु बोकेर
उभीरहेछन्
आज पनि कति इतिहासहरु . .
ती मौन साक्षीहरुसँग
म
मौन साक्षात्कार गर्दै छु
संवादमा गर्दै छु
इतिहास त यहाँ
थुप्रै-थुप्रै थोपरिएका छन्
त्यो इतिहास भित्रको
दर्दनाक पीडाहरुका बात पछी गर्दै- गरौंला
ती अनगिन्ति कथा/व्यथाहरु पनि पछी… सुनौंला ..
अहिलेलाई भने
म लाउहुरेहरुका पदचांपहरु पछ्याउँदै
गोर्खाली खुकुरीको निशानीहरु पहिल्याउँदै
ती वीरहरुका साहसले टाँगीएका
विजय ध्वजामुनि उभिएर निहार्दै छु
र
अनुभूत गर्दै छु
त्यो युद्ध रणमैदान बाट
समयले मेटाउन नसकेका
युग बदल्नेहरुले ढाक-छोप्न गर्न नसकेका
अनगिन्ति खतका
भयावह चिच्याइहरु . .
इतिहासका पानामा नअटाएका रोदनहरु ..
यतिबेला
नाइल बग्दै छन्…
बारुदका धुवाँ फोक्सोभरी भरेर
तरवारको धारिलो धारमाथी टेक्दै
सहिदको रगतले सिंचेर
अस्तित्वको जरा
कसोकसो मुस्कुराउदो छ
पप्पी फूल . . .
जो लाउरे को छातीमा
विरताको निशानी बनी
चुपचाप चुपचाप
उभिरहेछ ..






