
लघुकथा : खुशी
जित बुढाथोकी छन्त्याल
बेलायत – एक वेरोजगार पति कहीँ कतै काम खोजेर पाएका थिएनन्, घरमा आर्थिक अभाव बढ्दैगएको थियो त्यसैमाथी पत्नीको अनेकौं माग थपिँदैगयो बेरोजगार भएपछी दिन बिताउन गाउँ डुल्थ्यो अनि दिनभर तास खेलेर घर आउथ्यो,ऊ आफ्नो बाउको अंशमा पाएको खेत बेचेर तास खेलेरै सिध्याएको थियो। कहिले कहीँ जित्न सके पत्नीलाई उस्कै माग अनुसार कपडा गहना किनिदिन्थ्यो तर पत्नीको माग एकपछी अर्को हुँदैगयो तास खेलेर हार्दा रक्सिले मातेर आउथ्यो घरकी पत्नीको माग पूरा गर्न सक्दैनथ्यो त्यसैले सँधै घरमा झगडा हुन्थ्यो।
गाउँमा कुनै चाडपर्व अनि भोज भटेर हुँदा सबैले नयॉ सारी गहनाले सजिएको हुन्थे,त्यस्तै रहर अनि माग गर्दथिईन् पत्नीले। पतिले आफ्नी पत्नीलाई पुरानै सारी र गहना लगाऊ,किन अनावश्यकलाई आवश्यक मानेर नयॉ सारी चाहियो,एक दिन लगाउनलाई त होनी,पहिले किनेका ठुप्रै सारी छँदैछ बरू अत्ति आवश्यक चिजपो किन्ने हो त भन्दै सम्झाउथे। तर पत्नीले हुँदैन आफुलाई तास खेल्ने पैसा हुने मलाई केही किन्न नहुने? त्यो पहिले लगाएको सबैले चिन्छन् अनि पुरानो लगाएर आएछन् भन्दै मेरो कुरा कात्छन् भन्दै जिद्दी गरे। तर पतिसँग नयॉ किन्ने कुनै उपाय थिएन त्यसैले उस्ले आफ्नी पत्नीकै पुरानो सारी बेचेर नयॉ किनेर ल्याईदिए। त्यसो गर्दा पतिको दिमागमा नयॉ विचार आएछ अनि तास खेलेर बस्नुभन्दा बरू सारीको ब्यापार गर्नथाले। अनि पत्निले नयॉ नयॉ सारी लगाएको देखेपछी अरूलेपनि किन्न थाले त्यस्पछी पत्नीको रहरपनि पूरा भयो र नयॉ सारीको विज्ञापनपनि हुँदैगयो।
अलि अलि गर्दै ब्यापारपनि हुँदैगयो र पत्निले एक दिन लगाएको सारी दोस्रो पटक लगाउदैन थियो त्यसैले त्योपनी बिक्री गर्दै नयॉ सारी ल्याउदै गर्न थाल्यो र आम्दानीपनि बढ्दै गयो यसपछि बेरोजगार पतिलाई रोजगारी र पत्नीलाई खुशी मिल्न थाल्यो।






