लघु कथा: अव्यक्त वेदना

SHARE:

लघु कथा: अव्यक्त वेदना
इन्द्रेणी शर्मा ‘जलद’

लन्डन – समाजमा कृष्णलालको बडो चामदाम र रोवाफ देखिन्थ्यो । अरूलाई सधै निचा देखाउनु अवरोध गर्नु उनको सामन्ती सोच नै थियो भन्नुपर्छ । मुलुकले पटक पटक जनताको स्तर उठाउन प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र को काचुली फेर्यो भन्छन् ।देश दिन प्रतिदिन अझैं आर्थिक स्तरमा कम्जोर हुँदै गरेको थियो। युवासर्कल दिनहुँ पलायन भएको कुरा कृष्णलाल जस्ताले खुशी मनाएका हुन्थे । समय बित्दै गयो । उनका छोराहरु पनि देखासिखी गर्दै मुग्लान पसे । अरूको हितको बारेमा कहिल्यै सकारात्मक नसोचेका मान्छे एक्लो हुदाको पिडा नसेलाउँदै आफ्नी श्रीमती पनि परलोक भइन् ।

छोरा छोरीहरु परदेशिए पछि आफन्तको नजिक हुन् चाहन्थे । आफ्ना दौतरीहरु यथार्थमा बाँचेका थिए । छोराछोरीले आफ्नो विगतका कुरा सम्झिए । आफ्नो बाबाले देखाएको त्यो ब्यबहार देख्दा अत्यन्त दुःखित हुन्थे ।के गर्नु ? मुख लाग्नु पनि उचित थिएन यसैले चुपचाप मुग्लान पसेका हुन् । कृष्णलाल आज पुराना दस्तावेजहरु खोज्दै जाँदा एउटा डायरी फेला पर्छ । त्यो डायरी छिमेकी राधाकृष्णको थियो । उनी समाजिक अभियन्ता थिए । उनलाइ सरकारको विरुद्ध देशद्रोह लगाएर जेल हालेका थिए । आज त्यो दिन सम्झेर आफैलाई घृणा लागेर आयो । हेर्छन् डायरी भित्र सामाजिक संरचनामा धनी गरीब सबैको बीचमा सुमधुर सम्बन्ध हुनु पर्छ । जुन कुरा कृष्णलाललाई कत्ति चित्त बुझ्दैनथ्यो।

मानिसको जीवन क्षणिक छ ।मानिस भएर नाम कृति सम्मान गरिएको जीवन नै उत्तम हो अर्कालाई हिँसा हत्या गरी आफ्नो स्वार्थ पुरा गर्नु अजिङ्गर बन्नु हो ।मेरा मित्र होलान् दुश्मन पनि नहोलान् भन्न सकिन्न राम्राे काम गर्दा झन धेरै वैरभाव देखिन्छ । उनका डायरीका पानाहरु पल्टाई हेर्दा उनलाई आत्मग्लानी ले सताएको हुन्थ्यो । उनका विचारले समसामयिक समाजलाई नयाँ दिशा निर्देश गर्दै थियो । कृष्णलाल त्यो देख्न चाहनन्थे । फलस्वरूप उनलाई भुमिगत बनाइयो र जेल परे ।धेरै वर्ष पछि छुटे जोगीको रुपमा जीवन बिताए । गुमनाम बनेर समाजलाई नयाँ दिशा दिदै गए।

अचानक आज बिहान उनको छाति दुख्यो ।घरमा काम गर्ने रामबहादुर आफ्नो घर गएको छ । उनको हेरविचार कोही थिएन । चौतारीमा एउटा आफनै उमेरको जोगी देखिन्छन् । बोलाउने हिम्मत आउदैन । अचानक जोगीको भेषमा आएका राधा कृष्णले देखे पछि मानिस हरुलाई बोलाउँछन् । कोही नआए पछि आफैले एम्बुलेन्स बोलाएर सक्दो सहयोग गरे । कृष्णलाललाई अपरिचित देखिन्थे राधा कृष्ण । तर राधाकृष्ण मा पुराना कुरा चलचित्र झैं मानस पटलमा आउँछन् । त्यो विगत नजीक आएर तेर्सियो । अव्यक्त बेदना थियो दुवैको आँखा जुधे ।

एकछिन पछि आफ्नो परिचय दिदै भने हो “त्यही देशद्रोही म हुँ चिन्नु भयो । त्यो मेरो बेला हजुरलाई डायरी दिएर गएको थिएँ, भुल्नु भयो कृष्णलाल जी ! बैगुनीलाई गुनले मार्नु पर्छ भन्थेँ जुन जायज थियो मानवताको नाता मैले भुल्न सकिनँ ” “झल्यास भए उनको मुख सुक्यो अनुहार पहेंलो देखियो मानु उनी धेरै बाँच्न सक्ने छैनन् । उनको अव्यक्त बेदनाहरु आँखाबाट आँसु बनेर गहभरी पोखिएका थिए । आफ्नो विगत अतीत तितो यथार्थबनेर उनलाई दुखाई रह्यो दुखाई रह्यो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!