लघुकाव्य- बिदाई र मिलन: जय बहादुर हितान

SHARE:

लघुकाव्य- बिदाई र मिलन
-जय बहादुर हितान

जय बहादुर हितान

बैनी- धेरैमा दिनको बिदेसै बसी चिट्ठि त आएन
कि मरी गए कि जङल पसे कि लेख्न पाएन
धेरै दिन पछी पत्रहै लेँखे दाजिको नामैमा
यो पत्र पाइ जवाफ दिए जन्मेको ठामैमा
मान्यवर दाजी आरामै होला दण्डवत तिमीलाई
खवर नपाई धेरै दिन गयो पिर छ हामीलाई
देश यो हाम्रो सिखरमा चड्ला बढाउने पण्चै छ
मनभित्र मेरो कस्तो छ कस्तो शरीरलाई सञ्चै छ
बर्षा है परि अनाजै भयो राशन झन सस्तो छ
यताको खबर असलै मान्छु त्यताको कस्तो छ
दिनपनी मलाई मैन्हादिन लाग्छ नपाई खबर
कस्तोमा मनभो तिम्रो आज कि पारौं जब्वर
स्वप्नमा मैले संसार देख्छु तिमीलाई देख्दिन
तिम्रोमा पत्र पाएपछी मात्रै लेख्छु अब त लेख्दिन
गाउँको ठाम टाढा छ बाटो हुलाक जानलाई
चिट्ठि त मैले लेखे है ढिलो पठाउन त्याँहा लै
कस्तो छ त्यांहा भनेर याँहा मन हुन्छ दुबिदा
तिमीले पत्र लेखेनौ किन त्याँहा होला सुबिधा
मेरो मन हजुर असाद्धै रुन्छ तिमोर मन साह्रो छ
पत्रको जवाफ नदिए पछी भेटन गाह्रो छ
प्राथना मेरो भग्वानलाइ छ नि नगराउ भिन्न नी
दाजु र बैनी मिलेर बस्न दैबले दिन्न नि
चिट्ठिको मर्म कस्तो पो लेँखे राम्ररी देखे है
यो पत्रबाट बिदामा हुन्छु जवाफ लेखे है
००००००
चम्कने तारा पारेको याँहा आँसुको धाराले
के गर्‍यो त्याँहा कि मर्‍यो त्याँहा भन्दछन् साराले
०००००००
दाजु- त्याँहाबाट आइ जङलै पसें लडाईंमा लड्न नी
बैनीको पत्र पाएँ है मैले धेरैमा दिन पछी
दुई पाउ धंसे जङलै पसें लेखन पाइन
आसा है गरें तिम्रो पत्र पहिले त आइन
गोठाला दाइले घाँस है काट्यो खोलिको कैन नी
ए मेरी बैनी तिम्रो कृपा मरेको छैन नि
मनमा मेरो लाग्दछ गोली घोच्दछ झिरैले
रातभरी छटपट गर्छु बैनीको पिरैले
वैरिलाई जिती छाउनिमा फर्क्यौं बिरामी भएर
केही महिना पछी आउंदैछु त्याँहा यो शरीर जिएर
बैनी तिम्रो कृपाले गर्दा बहादूरि पाएछु
हाँसीमा हाँसी बिदामा दियौ साइतमा आएछु
जस्तो मन तिम्रो उस्तै हो मेरो पर्छ है दुबिधा
धरतिमै पस्नु नखाइ बस्नु छैन केही सुबिधा
मरिमा गए के स्वर्ग जाउँला कि नर्क धाउनेछु
बाँचिमा गए त्यहि बाटो फेरी फर्केर आउनेछु
गड्याङ र गुडुङ् गरदै झर्‍यो त्यो खोला खहरे
कृपाले गर्दा अवस्य जिउँछु पिर त नगरे
तिम्रो मेरो दु:ख छ कस्तो भगवानले देखेछन
जिन्दगीभरी दुई भई बस्न भाविले लखेछन
झ्यांक्रा ल्याएँ सिमिको झाललाई असल डाम्रै भो
कि स्वप्न तिम्ले असलै देख्छ्यौ नदेखे राम्रै भो
सरासर मत लडाईंमा गएँ अनी त बिरामी
दुइहात धसी यो पत्र लेखें राखेर सिरानी
तिम्रो पत्र पाएर मैले यो मनलाई घोच्यो है
मिलिटरिको नियम असाधै कडा तिमीले सोचें है
शरिरमा काँडा कता छ कता खोजेर भेटिन्न
त्यो कडा नियम नगरेपछी लडाईं जितिन्न
बैरिलाई हामी भगाई आयौं अहिले त छैन नी
हस्पिटल बसी औषधी गर्छु केही दिनमा आउंछु नी
कसरी पाल्ने कसरी टाल्ने झन दु:ख राजालाई
भेटमा बिस्तार गरौंला बैनि बिदा देउ आजलाई

(स्व. जय बहादुर हितान (१७ जुलाई १९४९- ११ डिसेम्वर २००९) निजामति कर्मचारि, नेपाली काँग्रेसका नेता, समाजसेवी, तथा साहित्यकार हुनुहुन्थ्यो । वाँहाकै आत्मकथा- जय बहादुर हितान मगरः व्यक्तित्व र कृतित्व बाट यो लघुकाव्य साभार)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!