लघु कथा: म र मेरो अतृप्त चाहना जित बुढाथोकी छन्त्याल

SHARE:

लघु कथा: म र मेरो अतृप्त चाहना
जित बुढाथोकी छन्त्याल

एकान्तमा मौन् बसें,अनी सम्झिएँ जिन्दगी। च्यॉ च्यॉ रुँदै जन्मिएछु म,याद छैन शायद अबोधनै थिएँ म। त्यो पलको रुवाईमा बाबा आमा खुशि भएरे।छोरो जन्मियो भन्दै गॉउ छिमेकमै प्रसाद बॉधेरे। त्यही बच्चा म जब हुर्कदैं गएँ,अनेकौं भोगें सुख र खुशीको लागी संघर्ष गरें संघर्षमा धेरै दु:खहरु पाएँ अनी दु:खहरुमा धेरै रोएँ शायद् जीवन रुवाईबाटनै शुरु भएको मैलेनै भुलको थिएँ।

मान्छे ले मर्ने दिन थाहा हुन्थ्यो भने,रुँदै जन्मेको मान्छे रुँदै मर्नेथिए होला।तर रुँदै जन्मेको मान्छे,
रुँदै मर्नुपर्छ भन्नेनै के छ र? जन्मेपछी मर्नुपर्छ सबैले भन्छन् बरु मरेपछी जन्मनुपर्छ भन्दिएको भए,
शायद् मर्नेहरुपनी हॉसी हॉसी मर्नेथिए होला।

कती अचम्म है? मर्ने दिन थाहनै नहुने, अझ अचम्म त मर्नुपर्छ भन्नेनै भुलेर सुख शान्ति र विलासिताको जिन्दगी बॉच्ने स्वार्थ लोभ र लालचले झनै दु:खी अशान्तिले बॉचेकोपनी म नै हुँ। म विपन्न परिवारको गॉउले किसानको छोरो तर सपना खै किन यत्रो ठुलो बनाएछु।मेरो सपना सके लाहुरे नसके कसैको रृणको सहयोग लिएर बिदेश गएर पैसा कमाउनु घर सजाउनु र घरबार बसाउनु।

लाहुरे भईएन,आफन्तकै सहयोग र रृण लिएरै विदेश पुगें।आफन्तको रृणपनी तिरें।आफैले चाहेजस्तै घरबार गरें,बालबच्चा पनी जन्मियो। बच्चालाई राम्रो स्कुल पढाउनु।अनी उस्को जिन्दगी सुखमय होस्,उज्ज्वल भविष्य बनोस् भन्ने सोंच बनाएँ। श्रीमती र बच्चालाई सुख र खुशीसाथ राख्छु बच्चा पढाउछु भन्दै शहरको रंगिन दुनियॉ मैलेनै देखाएँ।

शहरमा पसें सानो कोठा भाडामा लिएर श्रीमती र बच्चालाई छोडेर फेरी बिदेशिएँ।गॉउमा वृद्ध आमा बाबा बेसहारा,अनी खेत बॉझो राखें अन्जान शहरमा श्रीमती र दुधे बालकलाई छोडी म भर्खरै विदेशमा कामको खोजी गर्दैछु,अब झनै संघर्षपुर्ण जिन्दगीको शुरुवात गर्दैछु। बल्ल तल्ल काममा लागेँ अनी परिवारलाई फोन् गरेँ साहुले भाडा मागेको गुनासो सुनाउछ। म कोही समयपछी पठाईदिन्छु भन्दै सान्त्वना दिन्छु अनी बाई भन्दै तलव आउने दिन मनमनै गुन्गुनाउछु।

विदेशको ठॉउ भाषाको समस्या,नयॉ मान्छे नजानेको काम,साहुले नबुझिने भाषाको गाली गर्दै हातमै समाएर काम गराउछ।मनमा डर लाग्छ अनी हस्यॉङ् फस्यॉङ् गर्दै काम गर्छु तैपनी खै के के हुँदैन कुन्नी साहु झनै कराउछ।निधारमा केही डर अनी कामको बोझले पसिना बग्छ,पसिनासँगै दु:ख र पिरले ऑशु झर्छ,अनुहार हुँदै पसिना र ऑशु मिलेर ओठहरु भिजाउछ। केही नुनिलो हुँदै मुखभित्र पस्छ,बॉकी च्यापुबाट तप्प तप्प भुँईमा खस्छ।।

महिना पुग्छ पैसा आउछ, अनी उत्साहीत हुँदै
पैसा पठाएर फोन गर्छु।भाडा तिर्नु बच्चालाई बानी पार्न स्कुल भर्ना गर्दै गर्नु है भन्छु।
आमा बाबालाई सञ्चै छ रे भन्दिनु मलाई आराम छ काम सजिलो छ पिर नलिनु है भन्छु।

समय वित्दै जान्छ सपना र चाहनाको समस्यापनि बढ्दै जान्छ।शहर पसेको श्रीमतीको रहर थपिन्छ। स्कुलमा बच्चाको शुल्क बढ्छ,उमेरसँगै उस्को माग बढ्छ।समयअनुसारको खर्च बढ्छ तर मेरो विदेशको कमाईले खर्च धान्दैन।

म निद्रा र फुर्सदको समयलाईपनी काममा प्रयोग गर्छु।व्यवस्थित खाने पिउने सुट्ने रमाउने समयमा काममै हुन्छु।अनिदोले काम गर्दा गर्दै भिमल् पार्छ।
भोकले पेट कराउछ,ज्यान थाकेर लर्खराउछ। ओठमा कॉचुली,ऑखामा कचरा,कानमा कानाकुची अनी कपालमा चॉया छ।उता आमा बाबापनी शहर बस्छौं भन्छ।श्रीमती र बच्चाको सपना प्रतीदिन नयॉ नयॉ छ।

गॉउबाट आईयो शहरको ठॉउ शहरबाट गॉउ फर्केर कसरी जॉउ।गॉउ भन्दा शहरमै सुख छ।तर भाडामा बस्न धेरै दु:ख छ।अब यौटा घर किन्नुपर्छ है भन्छन्।हुन्छ भन्दै कमाएको पैसामाथी कर्जा लिएरैपनी घर किनियो।अब बसाई शहरको महलमा छ।खेत गॉउमा बॉझै छ अन्न र साग सब्जी पसलमा छ।किनेर खान पर्यो पैसाले पुग्दैन। दुर्भाग्य विदेशको बसाईपनी टुङ्गीयो।समय फेरियो समस्या जतिल् बन्दैगयो फर्केर आईयो आफ्नै मुलुकमा,केही पल् परिवारसँग रमाईयो। त्यसपछी बासको लागी एउटा घरमात्र छ तर गॉसको लागी गोजीको पैसा तक्तकाईयो।

आवस्यकताहरु बढिरह्यो,परिपुर्तिको श्रोत छैन।
पसलेले उधारो छर छिमेकीले पैंचो दिन मान्दैन।
बाहिरबाट शान्दार महल,महलभित्र दिक्दार छ।
विकल्प अन्यौल छ,फेरी विदेशिनु मनले मान्दैन।
म उदाश बन्छु।

अनी सम्झन्छु हिजोको दिनहरु। त्यो स्वतन्त्रको बाल्यकाल,आफ्नो बाबा आमाको न्यानो काख,दाजु भाई दिदी बहीनीको स्मेहपुर्ण सामिप्यता,आफनै खेतबारी गाई वस्तु,साथी भाई ईष्टमित्र अनी छिमेकीहरु। म सम्झन्छु। हुस्सुले ढाकेको चिसो बतासको सिरेटो संगै सिम्सिमे पानी परेको।शरिरको कपदा भिजेर शरिरकै तातोले सुक्दै वाफ उडेको।हिलोले खाएको खुट्टाको घाउमा जुकाले टोकेर रगत बग्दै गरेको। सम्झन्छु म त्यो वर्षेझरीमा रुझ्दै भेदा बाख्रा चराउदै गरेको।खर्सेनी पाखाको हरियो झार जंगलभित्र भेदा बाख्रा हराएको अनी चुल्लुमा थुक राखेर हान्दै थुक जाने दिशा हेरेर हराएको भेदा बाख्रा खोजेको।

यस्तै कुराहरुको दु:खले मैले बिदेशको सपना देखें।
विदेशमा गएर पैसा कमाउन सजीलो सम्झें।
शहरका जिन्दगी सुख शान्ति र रमाईलो सम्झें।
तर देखे सोंचेजस्तो कहॉ रहेछर?
तनावपुर्ण जिवनशैली, कृत्रिम रंगिन दुनियॉ।जहॉ म आफैपनी रुमलिन पुगेछु।अतृप्त चाहनाहरुको भुमरीमा रुमलिन पुगेछु।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!