मास्टर मित्रसेनको संछिप्त परिचय: विजय हितानमगर

SHARE:

विजय हितानमगर: बेलायत – मास्टर मित्रसेनको जन्म २९ डिसेम्बर १८९५ का दिन भारतको हिमाञ्चल प्रदेश, काँगडा जिल्ला, भाग्शु धर्मशालाको छावनिमा भएको थियो । उनि लाहुरे परिवारमा जन्मेका हुन । बुबा हवल्दार मनविरसेन थापा मगर र आमा राधा थापा मगरका उनि एक मात्र छोरा थिए । उनका चार दिदीहरु थिए । मास्टर मित्रसेनको जेठी श्रीमती कलावतीबाट दुई छोरी र एक छोरा जन्मेका थिए । तर तिनिहरु सवै हैजा महामारिले बितेपछि कान्छी श्रीमती लाजवन्तीलाई बिबाह गरेका थिए । लाजवन्तीवाट एकमात्र छोरा दिग्विजयसेन जन्मेका थिए ।
उनको पुख्र्यौली थलो नेपालको बाग्लुङ जिल्लामा पर्ने राखुपुल्ला गाउँ हो । सन् १८०४ मा नेपालको भूभाग सतलजसम्म विस्तारित थियो । त्यस क्रममा नेपाली फौजले काँगडा किल्लालाई ओगटेर बसेका थिए । सेनापति अमरसिंह थापाको फौजमा सामेल भएर मास्टर मित्रसेनका बाजे काँगडा पुगेका थिए । पछि सन १८१५ मा नेपाल र अँग्रेज बिच सुगौली सन्धि भयो । सन्धि अनुसार अँग्रेजले नेपाली फौजलाइ लिएर गोर्खा पल्टन स्थापना गर्यो । त्यसै पल्टनमा मास्टर मित्रसेनका बाजेले आफ्नो सैनिक सेवालाई निरन्तरता दिए । अवकास लिएपछि बाग्लुङ नफर्किकनै भाग्शु धरमशालामा आफ्नो वसोवास गरेका थिए ।
मास्टर मित्रसेनले आठ कक्षासम्म अध्ययन गरेका थिए । १६ बर्षको उमेरमा आफ्नो पुस्तौनी पेसा गोर्खा सैनिक सेवामा प्रवेश गरे । सन् १९११ मा १/१ गोर्खा राइफलमा भर्ति भई प्रथम बिश्वयुद्दमा सामेल भए । पहिलोपल्ट फ्रान्स र बेल्जियमका फ्रन्टलाईनमा खटाइयो । त्याँहा पुगेर सन १९१४ देखि १९१५ सम्म जर्मनको बिरुद्दमा लडाइ लडे । त्यसपछि मेसोपोटामियामा (अहिलेको इराक र इरान) खटाइयो र टर्किको अटोमन अम्पायर बिरुद्द सन १९१६ देखिन १९१९ सम्म लडे । विनाशकारी हृदय विदारक युद्ध-दृश्य देखेर कोमल, भावुक कवि हृदयमा ठूलो आघात पुगेको हुनपर्छ ।
फलस्वरुप महायुद्ध समाप्त हुनासाथ सन १९१९ मा स्वेच्छाले सैनिक सेवाबाट अवकाश लिएका थिए । शेष जिवन नेपाली साहित्य, संगित, नाटक, धर्मकर्म, यात्रा, र समाज सेवामा समर्पण गर्दै ९ अप्रिल १९४६ मा उनको देहावसान भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!