एकदिवसीय शृङखलाको उपाधि नेपाललाई, जिम्बावे ए ६ विकेटले पराजित

SHARE:

काठमाडौं मे ९ ।

कुशल भुर्तेल र दिपेन्द्रसिँह ऐरीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा जिम्बावे ए लाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय शृङखलाको उपाधि उचालेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न शृङखलाको अन्तिम खेलमा नेपालले टस जिते पहिला फिल्डिङ रोजेको थियो । चिसो मैदानका कारण ९ः३० मा सरु हुने खेल समयमा टस हुन सकेन । ढिला टस भएपछि खेल ३३ ओभरमा भएको हो । पहिला ब्याटिङ गरेको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको थियो । जिम्बावे ए ले दिएको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले र दिपेन्द्र सिँह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । कुशलले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले । उनले ६१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । कुशलले आउट हुनु अघि पहिलो विकेटका लागि आसिफ शेख सँग ७३ रनको साझेदारि गरेका थिए भने दोस्रो विकेटका लागि सुनिल धमला सँग ३७ रनको साझेदारी गरेका थिए ।

दिपेन्द्र सिँह ऐरिले ४३ बलमा ४ चौका र तीन छक्कासहित ६० रनको उत्कृष्ट अविजित इनिङ खेले । आसिफ शेख २९ रनमा आउट हुँदा विनोद भण्डारी २८ रनमा अविजित रहे । जिम्बावे ए को वलिङमा ब्रानडन माभुटाले सर्वाधिक तीन विकेट लिए भने ब्राड इभान्सले एक विकेट लिए । जिम्बावे ए विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल तीन विकेटले हारेको थियो । दोस्रो खेलमा ९ विकेटको सहज जित निकालेको नेपालले तेस्रो खेलमा पनि उत्कृष्ट जित निकाल्दै उपाधि उचाल्यो ।

यसअघि नेपालले जिम्बावे ए सँग खेलको तीन खेलको टि–२० शृङखला बराबरीमा सकिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!