लण्डन जुन ४ ।

बेलायतमा २० औं गोर्खा कप फुटबल प्रतियोगता सुरु भएको छ ।
आयोजक तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङ र खेलकुद सचिव क्याप्टेन देव घलेले रेफ्रीलाई बल दिँदै किक हानेर प्रतियोगता सुरु गरेका हुन् । हाम्रा संवाददाताका अनुसार खेल जारी रहेको र मौसमले पनि साथ दिएको छ ।
गोर्खा कप २०२२ मा १२ हजार हाराहारीको संख्यामा उपस्थिति रहने अनुमान आयोजकको छ । प्रतियोगिताका लागि बुधबारदेखि नै तमु धिं यूकेका स्वंमसेवकहरु क्यूइन्स् ऐभ्न्यू खेल मैदानमा गोर्खा कपको तयारीमा जुटेका थिए । तमु धिं यूकेका खेलकुद सचिव, क्याप्टेन देव घलेले पहिलो पटक लेडिज फुटबल र ठेलो प्रतियोगिता पनि हुने बताएका छन् ।
गोर्खा कपमा यसपटक महिला पुरुष गरी ४२ फुटबल टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।






